१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नौ वर्षपछि हत्या आरोपी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:४३:oo

कर्तव्य ज्यान मुद्दाका आरोपी  नौ वर्षपछि घुमफिर गरिरहेकै अवस्थामा सिराहाको मिर्चैयाबाट पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार  धनुषाको गणेशमान चारनाथ नगरपालिका– ३ राधापुरका ३४ वर्षीय जागेश्वर यादवलाई बुधबार अपराह्न  सिराहाको मिर्चैया बजारबाट घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

 विशेष सूचनाको आधारमा मिर्चैया प्रहरीद्वारा पक्राउ गरिएका यादवलाई बुधबार साँझ नै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको सिराहा प्रहरीले जनाएको छ । सिराहाको धनगढीमाई नगरपालिका– ९ की शकुन्तला थापाले आफ्ना पति श्रीप्रसाद साह सोनारको गोली हानी हत्या गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएपछि प्रहरीले खोजी गरिरहेकै अवस्थामा यादव पक्राउ परेका हुन् । 

२७ भदौ ०६८ मा धनगढीस्थित घरबाट बा.११प ४९४२ नम्बरको मोटरसाइकल चढेर धनुषाको वीरेन्द्र बजारमा फुटबल खेल्न गएका श्रीप्रसादको शव दुई दिनपछि २९ भदौमा धनुषाको भरतपुर बालुवाखोलानजिकको झाडीमा भेटिएको थियो । 

आरोपी यादवले सोनारको हत्यापछि मोटरसाइकल, नगद २५ हजार रुपैयाँ, आधा तोला सुनको औँठी, एक तोला सुनको सिक्री, मोबाइल, चाँदीको ब्रासलेट गरी दुई लाख ५८ हजार तथा कागजपत्रसमेत लुटेर लगेको प्रहरीले जनाएको छ ।

ad
ad