मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष २९ बुधबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न संवैधानिक इजलास पुनर्गठन : कार्कीको ठाउँमा मल्ल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष २९ बुधबार १०:१९:००

सर्वाेच्च अदालतमा संसद् विघटनविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । रिटको सुनुवाइका लागि पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए ।

तर, हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि अर्का न्यायाधीश  सपना मल्ललाई सोही स्थानमा राखिएको छ । आजको इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर के सी रहनेछन् । 

प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन् । संसद् विघटन असंवैधानिक भएको भन्दै परेका रिटमाथि सुनुवाइ हुँदै आइरहेको छ । रिटको सुनुवाइ संवैधानिक इजलासमा  गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ ।