Skip This
ad
सलाई डेस्टिनीसँग फेरि जोडिए निर्देशक तुलसी घिमिरे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

सलाई डेस्टिनीसँग फेरि जोडिए निर्देशक तुलसी घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:२८:oo

निर्देशक तुलसी घिमिरेले सलाई डेस्टिनीसँग जोडिन पाउँदा खुसी लागेको बताएका छन् । सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सुनचाँदीको दैनिक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ ।

कम्पनीले छोटो समयमै निकै राम्रो प्रगति गरेको सुनाउँदै घिमिरेले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कम्पनीले निर्देशक घिमिरेलाई दोस्रोपटक पनि ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेको छ । 

सोमबार आयोजित वार्षिक साधारणसभाले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले जानकारी दिए । नेपाल सुनचाँदी व्यवसायी महासंघको सहकार्यमा नेपालका करिब सबै जिल्लाका सुनचाँदी पसलमा सलाई डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ ।

साधारणसभामा सलाई डेस्टिनीका अध्यक्ष सिनालले आफ्नो कम्पनीले बहुराष्ट्रिय कम्पनी सलाई होल्डिङ्स ९भारत०सँग सहकार्य गरेको बताउँदै निकट भविष्यमै सुरक्षण सूचकयन्त्र, सुन, चाँदी र हीरा जोख्ने तराजु, पैसा गन्ने मेसिन, मिनी सोलार सिस्टम, ज्वेलरी प्याकिंग बक्सलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी दिए ।

ad
ad