१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
भगिराज इङ्नाम
२o८१ बैशाख ३० आइतबार o९:१o:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

राष्ट्र निर्माणका योजनाकार

सन्दर्भ : पृथ्वीजयन्ती

Read Time : > 5 मिनेट
भगिराज इङ्नाम
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:१o:oo

 युवराज हुुँदैदेखि पृथ्वीनारायणले राज्य विस्तार गर्ने मनसाय राखी कार्य गरेको देखिन्छ, तसर्थ उनी राष्ट्रनिर्माता होइनन्, योजनाकार हुन्

योगी नरहरिनाथ, बाबुराम आचार्यले राजाद्वय पृथ्वीनारायण र प्रतापसिंह शाहको जन्मकुण्डलीदेखि जीवनकाललगायत यावत दस्तावेजहरू प्रकाशन गरे पनि मृत्युसम्बन्धी दस्तावेज पाइएको छैन । यस लेखमा राजा पृथ्वीनारायण शाहको एकीकरण (राज्य विस्तार)को संक्षिप्त चर्चा गर्दै राजाद्वयको मृत्युसम्बन्धी लिखित दस्तावेजको चर्चा गरिरिनेछ ।

पिता नरभूपाल शाहको मृत्युपछि वि.सं. १७९९ मा २० वर्षकै उमेरमा पृथ्वीनारायण शाह गोरखाका राजा भए । राजकुमार हुँदै १७९८ मा भक्तपुर र कान्तिपुरको राजपरिवारसँग मित लगाई गाढा सम्बन्ध स्थापित गरे । कालु पाँडेको अगुवाइमा लमजुङ राज्यसँग सन्धि गरी युवराज हुँदै तीक्ष्णता देखाएका थिए ।


नुवाकोट जय/पराजय : १७९६ मा गोरखाका राजा नरभूपाल शाहले सेनापति जयन्त रानाको नेतृत्वमा कान्तिपुर राज्यमा पर्ने नुवाकोट आक्रमण गर्न पठाए पनि हार भयो । राना पदच्युत भए, तुरुन्तै उनलाई कान्तिपुरका राजा जयप्रकाश मल्लले उमराव नियुक्त गरी नुवाकोट रक्षार्थ जिम्मा दिए । पृथ्वीनारायणले १८०० मा नुवाकोटमा आक्रमण गर्न महेश्वर पन्तलाई जिम्मा दिए, तर त्यहाँ पराजय मात्र हात लाग्यो । काशी यात्रा गरी विभिन्न मठमन्दिरको दर्शन गर्दै भारद्वाज गोत्रबाट कास्यव गोत्र लिई फिर्दा केही हातहतियार र तीनजना कालीगढ लखनउबाट ल्याए ।

जयन्त रानालाई गोरखासँग मिल्न अनुरोध गर्दा कान्तिपुरको नुन खाएकाले आउन इन्कार गरे । नुवाकोटको सुरक्षा जिम्मा छोरा शंखमणि रानालाई दिई उनी थप सैनिक सहयोग माग्न कान्तिपुर गए । पृथ्वीनारायणले कालु पाँडे र चौतारा महोद्दामकीर्ति शाहसमेत भई नुवाकोट आक्रमण गर्दा शंखमणि मारिए ।

१८०१ असोज १५ मा नुवाकोट गोरखालीको अधीनमा आयो । युद्धमा छोराको मृत्युमा भावविह्वल जयन्त राना बेलकोट आई बसे । उनलाई गोरखाली सेनाले पक्राउ गरी नुवाकोटमा छाला काढेर मार्‍यो । युद्धबन्दीलाई छाला काढेर मार्नु निन्दनीय थियो ।

कीर्तिपुरमाथि आक्रमण र विजय : गोरखाली सेनाको नेतृत्व गर्दै कालु पाँडेले वि.सं. १८१४ मा कीर्तिपुरमा पहिलो हमला गरे । मल्ल सेनाका वाणले पाँडेको मृत्यु भयो, गोरखालीको हार भयो । दोस्रोपल्ट कीर्तिपुरमाथि १८२१ मा गोरखाली सेनाले आक्रमण गर्दा सेनापति सुरप्रताप शाहको बायाँ आँखा फुट्यो र गोरखाली सेनाको हार भयो । तेस्रोपटक कीर्तिपुरमाथि ६ महिनासम्म कडा नाकाबन्दी गरियो । अन्त्यमा रक्षक धनवन्त काजीले आत्मसमर्पण गर्दा १८२२ साल चैत ३ मा कीर्तिपुर दखल भयो । दुई–दुईपटकसम्म पराजय भएको रिसमा कीर्तिपुरे जनताको नाक, ओठ काटियो । 


मकवानपुर विजय र गुरकिन खाँको हार : वि.सं. १८१९ गोरखाली सेनाले मकवानपुरमाथि आक्रमण गरे । बहुमूल्य सम्पत्ति लिएर राजा दिग्बन्धन सेन र सेनापति कनकसिंह बानियाँ हरिहरपुर गढीतिर लागे । दिग्बन्धन सेनलाई सहयोग गर्न गुरकिन खाँ तीन हजार सेनाका साथ मकवानपुर पुगे । दुवै पक्षबीच युद्ध हुँदा गोरखाली सेनाको विजय भयो । गोरखाली सेनाले ४००–५०० थान बन्दुक र दुई थान तोप जफत गरे । मकवानपुर माघ ९ गते गोरखाको अधीनमा आयो ।


किनलकको पराजय :  जयप्रकाश मल्लको अनुरोधमा १८२४ मा अंग्रेज सैन्य दलको नेतृत्व गर्दै कप्तान किनलक २४ सय सेनाका साथ उपत्यकातिर हिँडे । गोरखाली सेनाले किनलकका सेनामाथि सिन्धुलीको ढुंग्रेबासतिरबाट आक्रमण गरे । अंग्रेज फौजको हार भयो, यस युद्धमा गोरखाली सेनाले ५–७ सय बन्दुक, तोप प्राप्त गरे ।


उपत्यका विजय : गोरखाली सेनाले १८२५ असोज १३ मा कान्तिपुर, असोज २४ मा पाटन र संवत् १८२६ मा भक्तपुर विजय गर्‍यो । कान्तिपुरका राजा जयप्रकाश मल्ल र पाटनका राजा तेजनरसिंह मल्ल भादगाउँ भागे । भक्तपुर आक्रमण गर्दा मल्ल राजाहरूलाई सहयोग गर्न पूर्व चौदण्डीका राजा कर्ण सेनले खम्बू–लिम्बू सेना पठाएको कुरा ऐतिहासिक पुस्तकमा पढ्न पाइन्छ ।

पूर्वी सेन राज्य विजय ः किरा“त प्रदेशको सेन राज्य हमला गर्न अभिमानसिंह बस्नेतको नेतृत्वमा सरदार पारथ भण्डारी, कीर्तिमान सिंह खवास, बलि बानिया तराई हु“दै चौदण्डीतर्पm लागे । सरदारद्वय रामकृष्ण कु“वर र अमरसिंह थापा पहाडैपहाड पूर्व लागे । (आचार्य २०६३, १८७–१८८) । माझ किरा“तको हलेसी, रावा, दिङमा क्षेत्रमा खम्बू–गोरखा सेनाबीच युद्ध भयो ।

गोरखाली सेनाको विजय भई चौदण्डी राज्य १८२९ मा गोरखाली राज्यको अधीनमा आयो । पल्लोकिरा“त विजयपुरमा बख्सी अभिमानसिंह बस्नेत र चैनपुरमा सरदार रामकृष्ण कु“वर नेतृत्वको फौजले १८३१ असार ९ मा आक्रमण गरे । विजयपुरका राजा कर्ण सेन बेतियातिर लागे, दिवान बुद्धिकर्ण राय सिक्किम पलायन भए । विजयपुरमा लिम्बू—गोरखाली सेनाबीच युद्ध हु“दा ८५ जना याक्थुम्बा अर्थात् लिम्बू सेना मारिए । यो क्षेत्र १८३१ साउन २२ को लालमोहरबाट गोरखा राज्यमा सम्मिलित भयो । 

पृथ्वीनारायण शाह बालबाल बचेका घटनाहरू : बेलकोटमा रहेका जयन्त रानालाई पक्रन राजा पृथ्वीनारायण थोरै सैनिक लिई पुगे । अग्लो ठाउँबाट जयन्त रानाले आक्रमण गर्दा धेरै गोरखाली सैनिक हताहत भए । काजी कालु पाँडे थप सैनिकका साथ तुरुन्त आई जयन्त रानालाई पक्री लगियो । पाँडे नआएको भए पृथ्वीनारायणको ज्यान जान सक्थ्यो । ससुराली जाँदा राजा हेमकर्ण सेनका सिपाहीले जुत्ता नफुकाली सलाम गर्दा सिपाहीलाई मार्न लगाए । राजकुमार दिग्बन्धन सेन र मन्त्री कनक बानियाँ क्रुद्ध भई घटनास्थल पुगे । परिस्थिति खतरापूर्ण थियो, तर राजा हेमकर्णले छोरालाई रोके, नत्र जे पनि हुन सक्थ्यो (शर्मा, पृ. २१७) ।

१८१४ मा कीर्तिपुरको प्रथम युद्धमा पृथ्वीनारायणलाई एक मल्ल सेनाले काट्न खुँडा उज्याइसकेका थिए, अर्को मल्ल सैनिकले राजा मार्न हुँदैन भनी रोके । राजालाई दुवान र कसाईले बोकेर रातारात नुवाकोट पुर्‍याई ज्यान बचाए । पुरस्कारस्वरूप दुवानहरूको जात उकासियो र उप्रान्त उनीहरू पुतवार भए (राइट, १९५८) । ललितपुरका पूर्वमन्त्रीहरूले नगरकोटी सैनिकको सहयोगबाट उनको हत्या गरी बन्दी तेजनरसिंह मल्ललाई तीनवटै मल्ल राज्यको राजा बनाउने सल्लाह गरे । पृथ्वीनारायण भक्तपुरबाट कान्तिपुर आउँदै गर्दा नगरकोटी सैनिकका पूर्वप्रमुख भवानी सिंहले तरबार निकाली राजामाथि आक्रमण गर्दा तरबार राजाले चढेको घोडाको कादीमा लाग्यो । तरबार तीन टुक्रा भयो, उनी बालबाल बचे । 

एकीकरण/राष्ट्रनिर्माता : पृथ्वीनारायणलाई केही इतिहासकारले राज्य विस्तार गरेको त कसैले एकीकरणकर्ता भनी राष्ट्रनिर्माताको उपाधि दिएका छन् । उनी राजा भएका बखत वर्तमान नेपालमा चौबिसे, बाइसे, उपत्यकामा तीन र पूर्वी सेन राज्य तीन गरी ५२ वटा स–साना राज्य थिए । तीमध्ये उनले उपत्यकाका तीन मल्ल राज्य र पूर्वका तीन सेन राज्य गरी ६ वटा राज्य मात्र विजय गरेका हुन् । बाइसे, चौबिसे राज्यका कुल ४६ राज्य पृथ्वीनारायण शाहका उत्तराधिकारीले विस्तार गरेका हुन् । तसर्थ, राजा पृथ्वीनारायणलाई राज्य विस्तारक, एकीकरणकर्ता वा राष्ट्रनिर्माताभन्दा पनि सुरुवातकर्ता मात्र भन्न सकिन्छ ।

बाइसे, चौबिसे राज्य पृथ्वीनारायण शाहका उत्तराधिकारीले विस्तार गरेका हुन् । तसर्थ, राजा पृथ्वीनारायणलाई राज्य विस्तारक, एकीकरणकर्ता वा राष्ट्रनिर्माताभन्दा पनि सुरुवातकर्ता मात्र भन्न सकिन्छ ।

मृत्यु टिपोट : दस्तवेजहरूमा राजा पृथ्वीनारायण शाह र प्रतापसिंह शाहको मृत्यु उल्लेख छ । पृथ्वीनारायण शाह बिरामी भई देवीघाटमा नौ दिनसम्म रही १८३१ माघ १ गते मृत्यु भयो (आचार्य ०६१, शर्मा, २३४) । तर, प्रमाण छैन । टिपोटमा मिति छैन । 

टिपोटअनुसार ‘श्री ५ महाराजा पृथ्वीनारायण शाह नुवाकोट पाव लाग्नु भएको थियो श्री ५ साहेबज्यू प्रतापसिंह साह जाहा हुनुहुन्थ्यो तस्तै बीचमा बलभद्र अचारले भडारषालमा सिवावलि दियो तेसै दिन श्री ५ महाराजालाई वेथाले समात्यो तेस्को आठौँ दिनमा श्री ५ महाराजा पृथ्वीनारायण शाह श्री देविघाटमा परलोक हुनु भयो तेस्कुरामा मानिसहरूलाई संका भयाको थियो ।’ उसवेला युवराज प्रतापसिंह शाह काठमाडौंमै रहेको बाबुराम आचार्यले संकेत गरेका छन् ।

यस टिपोटअनुसार पृथ्वीनारायणको मृत्यु हुँदा प्रतापसिंह नुवाकोटमै थिए । पृथ्वीनारायण बिरामी भएकाले दीर्घायु तथा स्वस्ति शान्तिका लागि बलभद्रले भण्डारखालमा दिउँसै सिवावली दिएका होलान् । उनलाई व्यथा लागी देवीघाट लगिएको र देवीघाट लगेको आठौँ दिनमा मृत्यु भएको टिपोटमा छ । उनको मृत्युमा गाउँले जनताले शंका व्यक्त गरे ।

कालगतिले मृत्यु भए शंका गर्नुपर्ने हुन्न । तसर्थ, अकाल मृत्यु भएको हो कि भन्न सकिन्छ । घटनाक्रमको दृष्टिले मृत्युका कारण शंकास्पद पनि देखिन्छ । बाबुराम आचार्यका अनुसार पृथ्वीनारायणको अन्तिम कालतिर भरोसायोग्य विश्वासी पाँडे र बस्न्यात भारदारहरू उनका साथ थिएनन् । रिसिङ राज्यमा मूल घर भएका राजगुरु बज्रनाथ पण्डित, पूर्व चौदण्डीका सरदार स्वरूपसिंह कार्की तथा प्रतापसिंह शाहका भित्र्रयानी मैजु युुवराज्ञीको गैरगोर्खाली गुट बलियो हु“दै थियो । राजाको मृत्युमा किन र कसलाई शंका गर्ने, टिपोटमा खुल्दैन । तर, युवराज प्रतापसिंहनिकटमाथि उल्लेखित गैरगोरखाली समूहले कैफियत गरे भन्ने गाउ“लेको शंका रहेको बुझ्न सकिन्छ ।

पृथ्वीनारायणको मृत्युपछि प्रतापसिंह शाह पनि दुई वर्ष १० महिना राजा भई मृत्यु भयो । उनको मृत्युबारे टिपोटमा यस्तो छ– ‘श्री ५ महाराज सिंहप्रताप शाहबाट रजायाका वर्ष २ मैन्हा १० भयाको थियो श्री ५ महाराजालाई वेथा लागि... मुष्तियार काजी भै दान पुण्य तिर्थमा नचलाई मुष्तियार स्वरुप काजी रातारात भागि गयो यसै दिन श्री ५ महाराजा स्वर्गे हुनु भयो र सबैको पेटमा वहुतै संका वढ्न गयो... वहादुर शाह पनि बेतियाबाट आइ पुग्या र वलभद्र अचार ठाकु मनि अचार प्रभृति अचारलाई पक्रि मूलचोकमा १०/१२ दिन कचहरि हुँदा काजि स्वरुपले अह्राइ मैले प्रयोग गर्‍याको हो भनि वलभद्र अचार प्रभृति अचारहरू कायल हुदा काटियाका हुन् ।’

परिस्थिति हेर्दा हातहतियारद्वारा भौतिक आक्रमण गरेको देखिन्न । तर, राजा प्रतापसिंह शाहको मृत्युमा जनताको पेटमा शंका हुनु, बलभद्र प्रवृत्तिका मानिस कायल भई काटिनुले विष प्रयोग भई मारिएको हुनुपर्छ । यहाँ उल्लेख गरिएको स्वरूप काजी, काजी स्वरूपसिं कार्की होइनन्, किनकि उनी त राजा प्रतापसिंह शाह गुटका थिए ।युवराज हुँदैदेखि पृथ्वीनारायणले राज्य विस्तार गर्ने मनसाय राखी कार्य गरेको देखिन्छ । उनका उत्तराधिकारीले वर्तमान बृहत् नेपालको स्वरूप दिएका हुन् । उनी राष्ट्रनिर्माता होइनन्, योजनाकार हुन् । 

ad
ad