मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ पौष २६ आइतबार
  • Friday, 14 August, 2026
२o७७ पौष २६ आइतबार २१:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २६ आइतबार २१:२१:oo

रसुवामा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका– ५ घर भई हाल रसुवा, गोसाइँकुण्ड गाउँपालिका– ६ धुन्चेमा बस्ने २२ वर्षीय यमप्रसाद भट्टराई  छन् । 

गत पुस १८ मा शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताए । ‘घटना एक हप्ताअघिको हो, खेलिरहेकी बालिकालाई बोलाई आफ्नो कोठामा लगेर करणी गरेको भन्ने उजुरीको आधारमा हामीले पक्राउ गरेका हाैँ,’ उनले भने, ‘हामीले अनुसन्धान प्रक्रिया अघि बढाइसकेका छौँ ।’  

घटना १८ पुसको भए पनि बालिकाको परिवारले २५ गते मात्र प्रहरीमा उजुरी दिएका थिए । समाजमा बदनामी तथा न्याय पाएको अनुभूति नहुने डरले तत्काल प्रहरीमा उजुरी नगरेको पाइएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रसुवामा उजुरी परेलगत्तै शनिबार नै प्रहरीले भट्टराईलाई हिरासतमा लिएको छ । प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरी नायव उपरीक्षक सुवेदीले बताए । बालिकाको शनिबार स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परीक्षणको क्रममा बालिकामाथि करणी भएको पाइएको रसुवा अस्पताल स्रोतले जनाएको छ । 

बालिका अहिले अभिभावकसँग रहेको प्रहरीले जनाएको छ । बालिकालाई न्याय दिलाउन आफू लागिपरेको रसुवाका महिला अधिकारकर्मी सुनितामाया गुरुङले बताइन् । ‘पीडित बालिकाको परिवार न्याय पाइँदैन कि भन्ने डरमा हुनुहुँदोरहेछ, उहाँहरूले न्याय पाउनुहुन्छ, न्याय दिनका लागि ज्यानको बाजी थाप्न पनि पछि हट्दैनौँ हामी,’ उनले नयाँ पत्रिकासँग भनिन् ।