मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २६ आइतबार १६:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरमा आठ रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता, सात कर्मचारीसहित १७ विरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २६ आइतबार १६:२६:००

ललितपुरमा खोलामा पर्ने आठ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, युरो हाउजिङ  र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

हाल ललितपुर महानगरपालिकाको वडा नम्बर २८ र २३ मा रहेको तत्कालीन हरिसिद्धि गाविस– १ तथा धापाखेल– १ मा पर्ने जग्गा हिनामिना भएको हो।  

आयोगले सात कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापामगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेलको संलग्नता रहेको आयोगले जनाएको छ ।

युरो हाउजिङ डेभलपर्सका कम्पनीका सञ्चालकहरूले जग्गा हिनामिनाको योजना बनाएका थिए । सो कम्पनीका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर र उज्ज्वल मानन्धरविरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै, काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा‍. दुर्गामान जोसी र  दुर्गेशनन्दिनी भट्टचनविरुद्ध समेत  मुद्दा दायर भएको छ ।

सबैलाई दुई करोड दुई लाख ३३ हजार ६ सय ७१ रुपैयाँ ८८ पैसा बिगो दाबी गरी मुद्दा दायर भएको छ। उनीहरूले सो जग्गा प्लटिङ गरी विभिन्न व्यक्तिलाई बिक्री गरेका थिए । जग्गा किन्ने ३३ जनाविरुद्ध भने जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र मुद्दा दायर भएको छ ।