१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बिर्तामोडमा एक वर्षमा २९ लागुऔषध कारोबारी पक्राउ, अधिकांश युवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:o९:oo

झापा इलाका प्रहरी कार्यालय अनारमी, बिर्तामोड झापाले एक वर्षमा २९ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

लागुऔषध ओसारपसारमा संलग्न २९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पक्राउ परेका २९ जना नै पुरुष हुन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले आफ्नो एकवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै एक वर्षमा २०३ दशमलव सात सय ग्राम लागुऔषध बरामद गरिएको जानकारी दिए।

उनका अनुसार लागुऔषध ओसारपसारमा अधिकांश युवा संलग्न छन् । कारोबारीमा २० देखि ३८ वर्ष उमेर समूहका युवको संलग्नता रहेको डिएसपी रिजालले जानकारी दिए ।

एक वर्षको अवधिमा इप्रका अनारमनीको क्षेत्रमा चारजना महिलामाथि जबर्जस्तीकरणी भएको र चारै घटनाका आरोपितलाई पक्राउ गरी मुद्दा चलाइएको उनले बताए । यस्तै, एक वर्षको अवधिमा यो क्षेत्रमा दुईजनाको हत्या भएको छ । दुवैजनाको हत्यामा संलग्नलाई पक्राउ गरी मुद्दा चलाइएको रिजालले जानकारी दिए।  

यस्तै, एक वर्षमा अवैध नदीजन्य उत्खननमा संलग्नबाट १५ लाख राजस्व संकलन गरी सम्बन्धित कार्यालय पठाइएको उनले बताए । एक वर्षअघि इलाका प्रहरी कार्यालय अनारमनी आएका डिएसपी रिजालको भर्खरै जिल्ला प्रहरी कार्यालय दाङ सरुवा भएको छ । डिएसपी रिजालले एक वर्षको अवधिमा झापाबाट धेरै सिक्ने मौका पाएको बताए।

उनले विवादरहित ढंगले काम गर्न सफल भएको पनि बताए । ‘इप्रका अनारमनीका बारेमा धेरै सुनेको थिएँ । विवाद भएर डिएसपीहरू दुई महिना पनि बस्न नपाएकोबारे जानकारी पाएको थिएँ’, उनले भने, ‘तर, सबैको साथ र सहयोगका कारण मैले विवादरहित ढंगबाट काम गर्न सकेँ । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’
 

ad
ad