
संसद विघटनविरुद्ध परेको रिटहरू हेर्न गठित संवैधानिक इजलासबारे निरन्तर प्रश्न उठेपछि अबको इजलासमा न्यायाधीश हरिकृष्ण कार्की नबस्ने भएका छन् ।
अब आउने बुधबार बस्ने संवैधानिक इजलासमा न्यायाधीश कार्की नबस्ने स्रोतले जनाएको छ ।
आज बुधबार भएको बहसमा वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, शम्भु थापा र दिनेश त्रिपाठीले यस इजलासमा न्यायाधिक कार्कीलाई समावेश गरेकोमा आपत्तिसहित दलिल पेस गरेका थिए । उनीहरूले अन्य १४ जनाको रोस्टरमा विकल्प हुँदाहुँदै उनलाई समावेश गरिएकोमा अमिल्दो भएको जनाएका थिए ।
यसबारेमा सार्वजनिक रूपमा समेत आलोचना हुँदै आएको छ ।
आज भएको संवैधानिक इजलासको बहसपछि अब संसद् विघटनउपर परेको रिटका बारेमा पर्सि शुक्रबार इजलासमा बहस नहुने भएको छ । संवैधानिक इजलास बसे तापनि यो मुद्दा नपर्ने भएको छ ।
यसबारेमा आउँदो बुधबार मात्र बहस हुनेछ ।