१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार २२:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २२:o१:oo

प्रदेश १ ले विभागीय टोली एपिएफलाई ६ रनले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पहिलो ब्याटिड गरेको प्रदेश १ ले एक सय पाँच रनको योगफल बनाएको थियो । साबिकको विजेतासमेत रहेको विभागीय टोली एपिएफले २० ओभरमा सात विकेट गुमाएर ९९ रन मात्र बनाउँदा प्रदेश १ ले ऐतिहासिक रूपमा पहिलोपटक उपाधि उचाल्यो । 

उपाधिसँगै प्रदेश १ ले पाँच लाख र उपविजेतामा सीमित एपिएफले तीन लाख रुपैयाँ पाएका छन् । सेमिफाइनलिस्ट सुदूरपश्चिम र लुम्बिनीले जनही २५–२५ हजार प्राप्त गरे । एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान र करुणा भण्डारीले अविजित रहँदै २६ रन जोड्दा पनि टोलीलाई उपाधि दिलाउन सकेनन् । 

प्रदेश १ लाई उपाधि दिलाउने क्रममा बलिङमा कप्तान रुविना क्षेत्री र अलिशा खडियाले समान दुई विकेट लिएका थिए । यसैगरी संगीता राईको नाममा एक विकेट रह्यो । दाडको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । प्रदेश १ का ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविनाले उत्कृष्ट ब्याटिड गरेका थिए ।

दुवैले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दैै प्रदेश १ लाई बलियो स्थितिमा राखे । दुवैले एपिएफको बलियो बलिड आक्रमणविरुद्ध १२.४ ओभरसम्म डटेर पहिलो विकेटका लागि साझेदारी गरे । रुविनाले ३२ बलमा १८ रनको योगदान गरेकी थिइन् । १२.६ ओभरमा अप्सरी पनि आउट भइन् । अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान गरिन् । मध्यक्रमकी काजल श्रेष्ठले अविजित २९ रन बनाइन् । उनले २६ बलमा तीन चौका प्रहार गरिन् । 

बलिङतर्फ एपिएफका लागि कप्तान सीता राना मगरले तीन विकेट हात पारिन् । उनले चार ओभरमा १७ रन खर्चिइन् । यस्तै करुणा भण्डारीले १ विकेट लिएकी थिइन् । यसअघि समूह ‘बी’मा प्रदेश १, बागमती, सुदूरपश्चिम र गण्डकी थिए । समूह ‘ए’बाट लुम्बिनी उपविजेता र एपिएफ समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह ‘बी’बाट प्रदेश १ समूह विजेता र सुदूरपश्चिम समूह उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको थियो । 

सेमिफाइनलमा एपिएफले सुदूरपश्चिम तथा प्रदेश १ ले लुम्बिनीलाई हराउँदै फाइनलमा पुगेका थिए । फाइनलमा उनले १८ रन बनाउनुको साथै महत्वपूर्ण विकेट लिएकी थिइन् । प्रतियोगिता ११ पुसदेखि सुरु भएको थियो ।

संगीता उत्कृष्ट खेलाडी
प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० मा प्रदेश १ की संगीता राई सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् 
प्रतियोगितामा अपराजित रहेको प्रदेश १ लाई पहिलोपटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी स्पिनर संगीताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यानमा एपिएफकी ज्योति पाण्डे र बलर करुणा भण्डारी चुनिएका छन् । संगीताले कुल पाँच खेलमा १७.१ ओभर बलिङ गर्दै दुई मेडनसहित ६२ रन खर्चेर कुल ११ विकेट लिइन् । संगीताले पाँच खेलमध्ये तीन खेलमा म्यान अफ दी म्याच उपाधि हात पारेकी थिइन् । फाइनलकी म्यान अफ दी म्याच एपिएफकी कप्तान रुविना क्षेत्री चुनिइन् । 
 

ad
ad