मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष १९ आइतबार १२:५०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विदेशमा कोरोना संक्रमणबाट थप तीन नेपालीको निधन

Read Time : < 1 मिनेट
२०७७ पौष १९ आइतबार १२:५०:००

कोरोना संक्रमणबाट विदेशमा थप तीनजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एकजना र  पोर्चुगलमा दुईजनाको  निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन  हुनेको संख्या तीन सय १५ पुगेको  छ ।

समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार तीन सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये  ५० हजार ६ सय ५६ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।  

यस्तै समितिका अनुसार यो साता  स्पेन, पोल्यान्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।