१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा आर्थिक मामिलामन्त्री आङ्बोलाई बर्खास्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:४४:oo

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेको आरोप लगाउँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्बोलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएसँगै त्यसको असर प्रदेश १ सरकारमा समेत देखिएको हो । 

मुख्यमन्त्री राई प्रधानमन्त्री ओली समूहका हुन् भने मन्त्री आङ्बो पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका हुन् । 

प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चासँगै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन् । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । 

मुख्यमन्त्रीले बर्खास्त गरेपछि मन्त्री आङ्बाेले सामाजिक सञ्जाल फेसबुकमा लेखेमा छन्– ‘प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा दुई वर्ष १० महिना काम गर्ने अवसर दिएकोमा माननीय मुख्यमन्त्री शेरधन राइलाई धन्यवाद व्यक्त गर्दछु ।’

दाहाल–नेपाल समूहले आइतबार नै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ ।
 

ad
ad