प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जंगलमा भीषण आगलागी

शनिबार, ११ पुष, २०७७
डिजिटल संस्करण

ताप्लेजुङस्थित नेपाल कै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जंगलमा भीषण आगलागी भएको छ । मन्दिरको बाहिर हुँदै मन्दिरआसपास क्षेत्रमा आगो पुग्न लागेको छ ।  पाथीभराको मन्दिर क्षेत्र नै जोखिममा परेको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीसहितको ६५ जनाको टोली आगो नियन्त्रणमा खटिएको पाथीभरा क्षेत्रमा रहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए । 

भिरमा लागेको हुनाले आगो नियन्त्रमा आउन नसकेको उनले बताए । पाथीभरा क्षेत्रमा पानीको अभाव भएका कारण पनि आगो नियन्त्रणमा समस्या भएको उनले बताए । 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रजिअ चापागाइर्लें प्रयास गरे पनि अहिलेसम्म आगो नियन्त्रणमा आउन नसकेको बताए । उनले पाथीभरामा रहेका तीर्थयात्री तथा पुजारीहरूलाई समेत सुरक्षित ठाउँमा लगिएको बताए । 
 

सुझावित समाचार