१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

केन्द्रीय समितिको विस्तार होइन, महाधिवेशन आयोजक समिति बनाएको हो : बस्नेत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३५:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले आफ्नो समूहले बनाएको केन्द्रीय समितिको विस्तार नभई महाधिवेशन आयोजक समिति रहेकोे प्रस्टीकरण दिएका छन् । 

शनिबार ओली पक्षीय युवा संघले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो प्रस्टीकरण दिएका हुन् । यद्यपि, महाधिवेशन आयोजक समितिको हैसियत केन्द्रीय सदस्य सरहकै रहेको उनको भनाइ थियो ।

‘केन्द्रीय समिति विस्तार भनेर केही भ्रम रहेको पाइयो । यसमा पनि प्रस्ट पार्ने देखियो । हामीले विस्तार गरेको केन्द्रीय समिति होइन । महाधिवेशन सम्पन्न गर्न आयोजक समिति गठन गरेको हो । यद्यपि, यसका सदस्यको हैसियत केन्द्रीय समितिकै सदस्यको जस्तै भने हुन्छ । ’ उनले भने । 

अहिलेको समिति झुप्रो हो, घर महाधिवेशनले नै बनाउँछ

नेता बस्नेतले अहिलेको केन्द्रीय समितिलाई ‘एउटा घर भत्काएर अर्को नबन्दासम्म कामचालाउ रूपमा बनाइएको झुप्रोजस्तै’ भनेका छन् । उनले घररूपी केन्द्रीय समिति भने सानो आकारको हुने दाबी गरे । 

महाधिवेशनले दुई सयदेखि दुई सय ५० जनाको केन्द्रीय समिति हुने उनको विश्लेषण छ । ‘हामीले घर बनाउन सुरु गर्दा पुरानो घर भत्काइन्छ । नयाँ घर बनिसकेको हुँदैन । त्यतिवेला पनि बस्न त पर्छ नै । त्यतिवेला बस्न एसो छेउमा बनाएको झुप्रोजस्तै हो अहिलेको मूल आयोजक समिति ।’ उनले भने,‘अधिवेशनपछि बन्ने केन्द्रीय समिति सानो दुई सयदेखि दुई सय ५० सदस्यसम्मको बन्छ ।’ 

ad
ad