मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
रासस/एएनआई
Invalid date format १५:५९:oo
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
Invalid date format १५:५९:oo

कोरोना भाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छन् कि गर्दैनन् भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरूले जनाएका छन् । 

बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्नेबारेमा एक सातामा मात्रै यकिन हुने जनाइएको छ । ‘अहिलेसम्मको विश्लेषणअनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,’ मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

यसबारेमा थप विवरण भने आगामी साता जानकारी दिइने वक्तव्यमा उल्लेख छ । परीक्षणका लागि केही रगत संकलन गरेर सम्बन्धित ठाउँमा पठाइएको छ ।