मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाले जसपाका शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । 

संसदको अधिवेशन, सरकारकाले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायतका विषयमा छलफल गर्न देउवाले समाजवादीका शीर्ष नेताहरूलाई बूढानीलकण्ठ निवासमा बोलाएका हुन् । 

समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेताहरू डा‍. बाबुराम भट्टराई र नेता राजेन्द्र महताे देउवानिवास बूढानीलकण्ठ पुगेका छन् । नेताहरूबीच अहिले छलफल भइरहेको छ । 

स्राेतका अनुसार भेटमा संसद् अधिवेशन र प्रतिनिधिसभामा उपसभामुख चयनलगायत विषयमा छलफल हुनेछ । 

कांग्रेस सभापति देउवाले शुक्रबार मात्रै संसद्मा कांग्रेसको संख्या २५ प्रतिशत नपुगेका कारण सरकारले संसद् ठप्प गराए पनि समावेदन गर्न नसकिएको बताएका थिए । उनले अन्य राजनीतिक दलसँगको सहकार्य कमजोर भएको बताएका थिए ।