मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख सापकाेटा र अध्यादेशविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३९:oo

सभामुख अग्नि सापकोटा र  संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटको सुनुवाइ नहुने भएको छ । 

सर्वोच्च अदातलका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले सभामुख सापकोटा र अध्यादेशविरुद्धका दुवै मुद्दाकाे पेसी ‘हेर्न नभ्याइने’मा राखेकाे हाे । 

सापकोटामाथि माओवादी जनयुद्धका बेला काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ ।

यस्तै सरकारले गत मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी  अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । सो अध्यादेश खारेजीका लागि वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठी, अधिवक्ताद्वय ओमप्रकाश अर्याल र कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।