१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि उपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:१३:oo

नेकपा स्थायी कमिटी बैठक तीन घन्टा ढिला गरी बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसमेत उपस्थित भएका छन् । 

बैठकअघि दुवै अध्यक्ष ओली र कार्यकारी पुष्पकमल दाहाल प्रचण्डबीच दुई चरणमा छलफल भएको थियो । 

छलफलमा प्रचण्डले सरकारले मंगलबार ल्याएकाे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको माग गरेका छन् । यस्तै ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिसमक्ष बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेकाे स्राेतले जानकारी दियाे । यही तनावबीच १ बजेका लागि बाेलाइएकाे बैठक तीन घन्टा ढिला गरी सुरु भएको हो ।

स्थायी कमिटीकाे बैठक चलिरहेका वेला मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाकाे विवाद नयाँ मोडमा पुगेको छ । आजको बैठक अध्यादेशकै विषयमा केन्द्रित हुने देखिन्छ । 

ad
ad