१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
पछिल्लो समय बाक्लो हुस्सु लाग्न थालेकाले चिसो ह्वात्तै बढेको छ । महोत्तरी बजार क्षेत्रमा मंगलबार बिहान आगो ताप्दै स्थानीय । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

शीतलहरले जनजीवन कष्टकर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:२२:oo

अचानक बढेको शीतलहरले महोत्तरीमा जनजीवन कष्टकर बनाएको छ । बिहानैदेखि चल्ने चिसो हावा र बाक्लो हुस्सुले दैनिक ज्यालादारी गर्नेदेखि बालबालिका र ज्येष्ठ नागरिकलाई अत्यधिक समस्या भएको छ । 

शीतलहरले प्रभावित भएकाहरूका लागि हालसम्म स्थानीय तह वा विपद् व्यवस्थापन समितिले कुनै विशेष प्रबन्ध गरेको छैन । विद्यालयहरूमा समेत बालबालिका चिसोमा कठ्यांग्रिन बाध्य भएका छन् । 

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले विपद् व्यवस्थापन समितिले स्थानीय निकायहरूसँग समेत समन्वय भएर सबै स्थानीय तहलाई न्यानोको व्यवस्था गर्न आग्रह गरिसकेको जानकारी दिए । दाउरा व्यवस्थापनका लागि निर्देशन दिइसकेको उनको भनाइ छ । उनले शीतलहरले प्रभावितहरूलाई तत्काल उद्धार गरिने दाबीसमेत गरे । कम्बल तथा न्यानो कपडाहरू व्यवस्थापनदेखि आगो बाल्ने प्रबन्ध मिलाउन निर्देशन दिइसकेको उनले बताए । 

विपन्न बस्तीमा धेरै असर
महोत्तरीका अधिकांश ग्रामीण तथा दलित बस्तीमा चिसोको प्रभाव बढी देखिएको छ । अझ जनता आवास कार्यक्रमका भवनहरूको निर्माण अधुरो रहेकाले त्यस्ता विपन्न बस्तीमा शीतलहरको झनै बढी प्रभाव देखिएको छ । महोत्तरीको क्षेत्र नं. २ की प्रदेशसभा सदस्य सुरिता साहको क्षेत्रमा १२५ घर निर्माण क्रममा रहेकोमा अझै करिब ६५ घरमा छानो छैन । काम द्रुत गतिमा चलिरहेकाले पुसको पहिलो सातासम्म बाँकी घरको छानो दिइसक्ने सांसद साहले दाबी गरिन् । 

ad
ad