मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १ बुधबार ०६:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साल्ट ट्रेडिङको ३५ प्रतिशत लाभांश साधारणसभाबाट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १ बुधबार ०६:०३:००

साल्ट ट्रेडिङको ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सधारणसभाबाट पारित भएको छ । कम्पनीको ५३औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । 

यसका साथै ५३औँ वार्षिक प्रतिवेदन, २०७६ साल असार मसान्तसम्मको कर्पोरेसनको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेसनले गरेको विभिन्न क्रियाकलापबारे छलफल एवं समीक्षा गरी वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको कर्पोरेसनले जनाएको छ । 

कर्पोरेसनले गुणस्तरीय वस्तुहरूको कारोबार गरी आमउपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरूको सरल र सहज आपूर्ति गरी सामाजिक उत्तरदायित्व वहन गर्दै ८ अर्ब २५ करोड रुपैयाँको कारोबार गर्न सफल भएको जनाएको छ । जसबाट आव ०७५/७६ मा कुल मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको जनाइएको छ । 

कर्पोरेसनले अँगालेको व्यापार विविधीकरणको नीतिअनुरूप कर्पोरेसनको चुक्ता पुँजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको कम्पनीले जनाएको छ । 

कर्पोरेसनले अत्यावश्यक वस्तुको आपूर्ति सहज रूपमा होस् भन्ने उद्देश्यले आफ्ना बिक्री कक्षहरूमार्फत र डेलिभरी भ्यानमार्फत टोलटोलमा एसटिसीको नारासहित उपभोक्ताको घरदैलोसम्म सेवा पु¥याउँदै आएको जनाएको छ ।