१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार २o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:२६:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । खड्काले आफूलाई कोरोना संक्रमण भएको जानकारी  सामाजिक सञ्जालमार्फत दिएका हुन् । 

पूर्वकप्तान खड्काले शुक्रबार बिहान पिसिआर परीक्षण गराएका थिए । पूर्वकप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेका थिए । 

कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।

यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित क्रिकेटर सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र वसन्त रेग्मीलाई कोरोना संक्रमण भएको थियो । उनीहरू कोरोनामुक्त भइसकेका छन् ।

ad
ad