१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२०७७ मङ्सिर २६ शुक्रबार ०९:५०:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

त्रिकोणात्मक डिजाइनमा बन्दै भारतको नयाँ संसद् भवन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
२०७७ मङ्सिर २६ शुक्रबार ०९:५०:००

 भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको शिलान्यास गरेका छन् । नयाँ संसद् भवन हाल रहेको संसद् भवननजिकै बन्ने छ । नयाँ भवन त्रिकोण आकारको डिजाइनमा बनाइँदै छ । पुरानो भवन भने वृत्ताकारको छ । 

सरकारी अधिकारीका अनुसार नयाँ भवन बनेपछि सबै कामकाज सहज हुनेछ । हालको संसद् भवन भारतमा ब्रिटिस साम्राज्य भएका वेलामा बनेको थियो । जुन लगभग सय वर्ष पुरानो मानिएको छ । त्यसवेला भवन बनाउँदा सोहीताकाको सुविधाअनुसारै निर्माण गरिएको थियो । पुरानो भवनको डिजाइन तत्काल ब्रिटिस सरकारका एडविन लुटयेन्स तथा हवर्ट बकेरले गरेका थिए । पुरानो भवन सन् १९२१ मा बनेको थियो । यो ५६६ वर्गमिटरको छ । 

सय वर्ष पुरानो संसद् भवनमा विभिन्न समयमा रेट्रोफिट भएको छ । अहिलेको नयाँ भवनको निर्माण जिम्मा टाटा प्रोजेक्टले पाएको छ । भवन निर्माण क्रममा प्रत्यक्ष रूपमा दुई हजार जनशक्ति समावेश हुनेछन् । यसैगरी, नौ हजार विभिन्न माध्यमबाट भवन निर्माण कार्यमा संलग्न हुने टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । सरकारले यो भवन सेन्ट्रल भिस्टा रिडेभलोप्मेन्ट प्रोजेक्टअन्तर्गत रहेको जनाएको छ । 

दुई वर्षमा सकिने
न्यायाधीश एएम खनविकलरको एकल बेन्चले भवनको शिलान्यास गर्न फैसला सुनाएको थियो । आदेशमा भवन बनाउँदा त्यहाँ भएका अन्य भौतिक पूर्वाधार नभत्काइने, बोटविरुवा तथा रूख नकाट्न भनिएको छ । अदालतले नयाँ भवन बनाउँदा पर्यावरणमा ध्यान पुर्‍याउन भनिएको छ । ‘यदि निर्माण कार्यमा आदेशविपरीत भएमा त्यो रोकिने छ,’ अदालतको फैसलामा भनिएको छ, ‘शिलान्यासमा केही आपत्ति छैन, तर त्यहाँ भवन बनाउनेबाहेक अन्य कार्य हुनुहुँदैन, जुन अदालतलाई सह्य छैन ।’ लोकसभा सचिवालयअनुसार २०२२ अक्टोबरसम्म नयाँ संसद् भवनको निर्माण कार्य पूरा हुनेछ ।

लागत ९७१ करोड भारु
लोकसभाका अध्यक्ष ओम विरलाले नयाँ संसद् भवनको लागत ९७१ करोड भारु रहेको जनाएका छन् । यो प्रोजेक्ट ६४ हजार पाँच सय वर्गमिटरमा बन्ने छ । नयाँ भवनमा नौ सयदेखि १२ सय सांसद सहजै बस्ने र बैठकमा सहभागी क्षमताको छ । मोदी सरकारले ७५औँ स्वतन्त्रता दिवसकै अवसरमा यो भवनको उद्घाटन गर्ने लक्ष्य राखेको छ ।

भवनको भुइँतलामा लोकसभा कक्ष हुनेछ । जसमा आठ सय ८८ व्यक्ति एउटै ठूलो हलमा बस्न सक्ने व्यवस्था हुनेछ । यसैगरी, राज्य सभाका तीन सय ८४ सदस्यको बैठक बस्ने हल बन्नेछ । संयुक्त बैठक बस्दा १२ सय ७२ सदस्यका लागि पनि अलग हल बनाइनेछ । नयाँ भवनमा प्रधानमन्त्री बस्ने विशेष कोठा हुनेछ । 

नयाँ संसद् भवनको डिजाइन विमल पटेलले गरेका हुन् । उनको एचसिपी, प्लानिङ एन्ड मेनेजमेन्ट प्राइभेट लिमिडेटले गुजरात तथा केन्द्र सरकारका धेरै प्रमुख योजना काम गरिसकेको छ । भवन निर्माणमा ३५ वर्ष अनुभवी पटेललाई सरकारले पद्मश्रीबाट सम्मानित गरिसकेको छ ।