१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ जेठ १ मंगलबार o३:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

न्यायालय र न्यायाधीशमाथि भरोसा थियो 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o३:२५:oo

कृष्णदास गिरी उर्फ सिद्धबाबा

 

तपाईंको परिचय नै सिद्धबाबा । सबैलाई सदाचार सिकाउने भनेर यत्रो आश्रममा बस्नुभएको छ, तर आश्रमभित्रै तपाईं स्वयंले बलात्कार गरेको अभियोगमा नौ महिना जेल बस्नुभयो । यसले समाजमा कस्तो सन्देश गएको छ । 

आरोप कसलाई लाग्दैन र ? देशको प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि आरोप लगाएका छैनन् र ? के ढुंगालाई आरोप लगाउँदैनन् ? पहाडलाई आरोप लाग्या छैन र ? जडचेतन सबैलाई आरोप लगाउँछन् मान्छेले । भगवान्लाई पनि आरोप लाउँछन् ।

तर, यो त आरोप मात्र होइन, प्रहरीले अनुसन्धान गरेर, सरकारी वकिलले अभियोजन दर्ता गरेर जिल्लादेखि सर्वोच्चसम्म पुगेको केस हो नि, त्यो पनि बलात्कारजस्तो जघन्य अभियोगमा । 

यस्ता आरोप किन लाउँछन् भन्ने महत्वपूर्ण कुरा हो । यो सृष्टि गुण र अवगुण तत्वले बनेको छ । एउटा कुरो अर्को साथीलाई राम्रो लाग्छ । त्यही अर्कोलाई नराम्रो लाग्छ । विश्वमा एउटै कानुन हुनुपर्ने नि ? देशैपिच्छे संविधान भिन्न । देशैपिच्छे कानुन भिन्न किन ? किनकि त्यो देशमा जुन विचारधाराको बहुमत छ, उनीहरूलाई त्यो विचारधारा मानेर नहिँड्ने व्यक्ति अपराधी लाग्छ । जुन व्यक्तिभित्र अवगुणको ज्यादा उदय हुन्छ, त्यतिखेर उसले जतासुकै अवगुण नै अवगुण देख्छ । जुन व्यक्तिभित्र गुणको उदय हुन्छ, त्यतिखेर उसले जतासुकै राम्रो देख्छ । सायद त्यही भएको हो कि ?

सन्यासीमाथि बलात्कारको आरोप खेप्ने तपाईं पहिलो त होइन । यसअघि भारतका विख्यात सन्यासी कुख्यात अपराधमा जेल परेका छन् । खासमा सन्यासी नै यस्तो काण्डमा किन मुछिन्छन् ?

तपाईंको प्रश्नको मसँग राम्रो उत्तर छ । कालोमान्छेको चेहरामा कालो दाग लाग्यो भने केही फरक पर्दैन । गोरोलाई कालो दाग लाग्दा सबैले देख्छ । फेरि संसारमा सबैभन्दा चर्को आशक्ति भनेको कामवासना हो । मान्छेले त्यसलाई जित्न सकेको छैन । अनि के हुँदोरहेछ त भन्दा आफू त रातदिन त्यसैमा भासिएको छ । अर्को व्यक्ति त्योभन्दा पर छ भने उसको मनमा डाहा उत्पन्न हुँदोरहेछ । त्यसो हुँदा यस्ता मानिसमाथि आरोप लाग्ने रहेछन् । 

तर, यो कामवासनाको मात्र विषय भएन, आफ्नो वासना शान्त पार्न अरूमाथि बल प्रयोग गरेको विषय हो नि, यो त अपराध हो नि । अझ तपाईंले त आश्रमभित्र यौन हिंसा गर्नुहुन्छ भनेर पीडित महिलाले औपचारिक रूपमै आरोप लगाएकी छिन् नि ? 

तपाईंहरूले स्वयं स्थल भिजिट गर्नुभएको छ । आश्रमको दिव्यता, भव्यता र यहाँको व्यवस्था आफैँले नियाल्नुभएको छ । यसलाई तपाईंहरूले आपैmँ दूध र पानी छुट्याउनुपर्छ । किनभने विचार अर्काको, मेरो होइन नि त । त्यसकारण यो कपोल्कल्पित परिकल्पना कति सत्य रहेछ भन्ने कुरा तपाईंहरूको आँखाले देखिरहेको छ । यहाँभन्दा अरू कपोल्कल्पित आक्षेप÷आरोप के हुन सक्छ ? यो मिथ्या आरोप होइन त ? 

मिथ्या कसरी भन्ने ? महिलामाथि बलपूर्वक यौन हिंसा भएको भनेर त मुद्दा सर्वोच्चसम्म पुगेको छ नि । 

म एक कदम उठेको मान्छे । मलाई सरकारले पिएसओसहित राखेको छ । १०–५ जना बडीगार्ड र टिमविना एक्लै म कहीँ पनि रहँदिनँ । मबाट मेरो व्यक्तिगत जीवन त कहीँ छिपेको छँदै छैन । म खुला कागज हुँ । तालाविनाको बाक्सा हुँ म । मलाई अध्ययन गर्नका लागि पाना पल्टाउनुपर्दैन । पल्टिएकै पाना छ । मैले व्यक्तिगत एकघुट थुक निल्दा पनि सामुन्ने वालाले हेरिरहेको हुन्छ । त्यस्तो खुला जीवन जिउने व्यक्तिको प्राइभेसी जीवन नै छैन । त्यस्तो कसरी हुन सक्छ ? 

तपाईंले बलात्कार गर्नुभएको थिएन भने पहिलोपटक गिरफ्तार हुँदा हिरासतमा होइन, अस्पतालमा बस्नुभयो, फेरि उच्च अदालतले पक्राउ गर्न भनेपछि देश नै छाडेर भाग्नुभयो, न्यायालयबाट समेत किन हिँड्नुभयो ?

म विधिवत् ससम्मान उपचार गर्न भारत गएको हुँ । उच्च न्यायालयको आदेश हुनु एक हप्ताअगाडि गएको हुँ । प्लेनको टिकट छ मसँग । प्रहरी कार्यालयसँग पिएसओले गराएको जानकारीको रेकर्ड छ । यी सब हुँदाहुँदै पनि भाग्यो भनेर निरर्थक कथा रच्ने ती कस्ता बुद्धिजीवी होलान् । न्यायालयले पुनः बोलाएको छ रे भन्ने थाहा पाउनेबित्तिकै म खुरुरु कुदेर आएँ । मलाई नेपालको न्यायालयमाथि, न्यायाधीशहरूमाथि भरोसा थियो । मैले निष्पक्ष न्याय पाउँछु भन्ने भरोसा थियो । म निष्कपट छु, बेकसुर छु भन्ने मलाई पूर्ण विश्वास थियो र म बसेँ । आज न्यायालयले तँ बेकसुर छस् भन्यो, फेरि म आफ्नो स्थानमा आएँ । 

तपाईंले त सरकार, प्रहरी र अदालतलाई समेत प्रभावमा पार्नुभयो भनेर स्पष्ट आरोप लागेको छ नि, जेलमा बस्दा पनि तपाईंले भिआइपीको सुविधा पाउनुभयो नि । 

म कुनै राजनेता होइन, म कुनै सत्तासीन व्यक्ति होइन । धनदौलतवाला व्यक्ति होइन, व्यापारी होइन । म एउटा भिक्षु साधक हुँ । समाजले अन्न र भिक्षा दिएको बस्त्र लगाएर, खाएर जिउँछु । र, समाजको व्यक्तिमा सकारात्मक भाव भर्न म रातदिन अथक मिहिनेत गर्छु । न्यायालयलाई प्रभावित पार्ने भन्ने मेरो के हैसियत छ र मैले न्यायालयलाई प्रभावित पार्नू ? 

सरकारी जमिन, स्रोत र रकमसमेत खर्च गरेर तपाईंले आश्रम बनाउनुभयो, त्यहाँभित्र दुराचार पनि गर्नुभयोे भन्ने आरोप पनि छ नि ? 

सरकारी पैसा ल्याएर आश्रममा लगायो भनेर भन्छन् भने कसैले आश्रम कसको हो ? पहिलो प्रश्न हो मेरो समाजलाई । के यो आश्रमको जमिन, यो आश्रम मेरो व्यक्तिगत सम्पत्ति हो ? यदि हो भने प्रश्न गर । नेपाल सरकारको संस्था दर्ता ऐनमुताबिक दर्ता भएको आश्रम अर्थात् प्रकारान्तरले भन्ने हो भने नेपालको सम्पत्ति हो ।

ad
ad