१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख ३१ सोमबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भूमिहीन जनतालाई जमिनको मालिक बनाउँछौँ : खानेपानीमन्त्री मगर

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:२९:oo

खानेपानीमन्त्री विना मगरले भूमिहीन जनतालाई जमिनको मालिक बनाउने योजना सरकारले अघि सारेको बताएकी छिन् । कञ्चनपुरस्थित बेलडाँडी गाँउपालिका प्रशासनिक भवनको बिहीबार उद्घाटन गर्दै मन्त्री मगरले जनतालाई जमिनको मालिक बनाउन सरकारले काम गरिरहेको दाबी गरिन् । 

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने तयारी गरिरहेको उनको भनाइ  छ । ‘हामी कम्युनिस्टले चुनावका वेला जनतासँग भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउँछौँ, भनेका थियौँ’ ‘उनले भनिन, ‘अब त्यो कार्य कम्युनिस्ट नेतृत्वको सरकारले पूरा गर्छ ।’ 

वषौँदेखि जमिन नभएका, भूमिहीन र भूमि भएर पनि स्वामित्व लिन नसकेका जनतालाई कम्युनिस्ट नेतृत्वको सरकारले जमिनको मालिक बनाउने बताइन् । ‘जनता अब जमिनमा मालिक बन्छन्’ उनले भनिन्, ‘यही सरकारले जनतालाई भूमिको मालिक बनाउँछ ।’ 

मन्त्री मगरले त्यसका लागि संघीय सरकारले पहिलो चरणमा बेलडाँगीसहित देशभरिका सय पालिकासँग सम्झौताकोे काम अघि बढाइरहेको जानकारी दिइन् । मन्त्री मगरले कञ्चनपुरको आरक्षपीडितको समस्या पनि कम्युनिस्ट नेतृत्वकै सरकारले समाधान गर्ने दाबी गरिन् । 
 

ad
ad