१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एजेन्सी
२o८१ बैशाख ३१ सोमबार १३:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

आधा वर्षमै आठ करोड मानिस विस्थापित, कोरोनाबाट थप पीडा : राष्ट्र संघ

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३१:oo

विश्वका विभिन्न देशबीच भइरहको युद्ध, द्वन्द्व र देशभित्रै जारी गृहयुद्धका कारण सन् २०२० को मध्यसम्ममा करिब आठ करोड (7.95 करोड) मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्र संघद्वारा जारी रिर्पोटअनुसार यस्ता घटनाबाट विस्थापित भएमाथि कोरोना महामारी थपिँदा शरणार्थीहरूको जीवन कठिन बनेको छ । 

शरणार्थीसम्बन्धी काम गर्ने संयुक्त राष्ट्र संघको समिति युनएनएचसिआरका अनुसार यो वर्षको मध्यसम्ममा विश्वभरबाट आठ करोड मानिस विस्थापित हुनुपरेको छ । जेनेभामा बुधबार आयोजित कार्यक्रममा युएनएचसिआरले जनाएको छ, ‘पहिलेदेखि नै जारी द्वन्द्व र कोरोना महामारीका कारण सर्वसाधारणको जीवनमा गम्भीर असर परेको छ ।’   

तथ्यांकका अनुसार विस्थापित हुनेमध्ये तीन करोडभन्दा बढी बालबालिका छन् । जसको उमेर १८ वर्ष भन्दा कम छ । युएनएचसिआरका अनुसार सबैभन्दा धेरै सिरियामा ६६ लाख, भेनेजुयलाबाट ३७ लाख, अफगानिस्तानबाट २७ लाख, दक्षिण सुडानबाट २३ लाख र म्यान्मारबाट १० लाख मानिस विस्थापित भएका छन् । यस्ता विस्थापितहरूले आफ्नो जन्मथलो छाडेर, देशबाहिर वा देशभित्रै नयाँ स्थानमा बसोवास गर्न थालेका छन् ।  

ad
ad