१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १२:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज भ्रष्टाचारविरुद्धको दिवस : भ्रष्टाचार बढेको प्रतिवेदन अस्वीकार गरेको सरकारले गर्यो भ्रष्टाचार हुन नदिने प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:२५:oo

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस रहेको छ । 

यसै सन्दर्भमा सन्देश दिंँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने उक्ति दोहोर्‍याएका छन् । 

केही दिनअघि ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको प्रतिवेदन सार्वजनिक थियो । उक्त प्रतिवेदनलाई सरकारले औपचारिक रूपमा अस्वीकार गर्दै बद्नियतपूर्ण तरीकाले यस्तो प्रतिवेदन दिएको जनाएको थियो । 

उनले सन्देशमा भनेका छन्– ‘मैले प्रधानमन्त्री भएदेखि नै म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको छु । तर, हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो । भ्रष्टाचार एकजना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुँदैन ।’

प्रधानमन्त्रीले थपेका छन्– ‘भ्रष्टाचारलाई सामाजिक रूपमा नै निन्दा र भ्रत्र्सना गर्न जरुरी हुन्छ ।’

उनले वर्तमान सरकार भ्रष्टाचार कडाइका साथ नियन्त्रण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केन्द्रित रहेका उनले सन्देशमा उल्लेख गरेका छन् । 

साथै, उनले सन्देशमा भ्रष्टाचार नियन्त्रणमा पछिल्ला दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशंसनीय कार्य गरेको भन्दै प्रशंसासमेत गरेका छन् । प्रधानमन्त्रीले आयोगले इतिहासमा नै सबैभन्दा बढी भ्रष्टाचारका मुद्दा दायर गरेको भन्दै प्रशंसा जनाएका छन् । 

प्रधानमन्त्रीले दिवसका अवसरमा भ्रष्टाचार नियन्त्रण गर्न सरकार र स्वयं आफू लागिपरेको उल्लेख गरे तापनि वर्तमान सरकारका केही प्रकरण निकै विवादास्पद र खरिद प्रक्रियामा अनियमितता भएको भनी चर्काे आरोप खेपेका छन् ।

प्रधानमन्त्री ओलीकै मन्त्रिपरिषद्मा रहेका क्याबिनेट मन्त्री भ्रष्टाचारको आरोपमा पदबाट बाहिरिनुपर्ने अवस्थासमेत आएको थियो । 

साथै, प्रतिपक्षी दलहरूले पनि सरकार कोरोना महामारी नियन्त्रणका गतिविधिमा भ्रष्टाचार भएको भनी आरोप लगाउँदै आएका छन् । 

यस्तो सन्दर्भमा प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा गरेका प्रतिबद्धता र संकल्प व्यवहारमा पूरा गर्न कठोर रूपमा केन्द्रित हुनुपर्ने भनाइ विश्लेषकहरूको रहेको छ ।

ad
ad