१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२४:oo

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ भए पनि अहिले आठ महिला र ७५ पुरुष गरी ८३ कैदीबन्दी राखिएको छ ।  ०२८ मा स्थापना भएको कारागार ०७२ कोे भूकम्पका कारण जीर्ण छ । कारागारका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार कारागार ३५ जना राख्ने क्षमताको हो ।

‘भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको–बढ्यै भयो,’ उनले भने, ‘वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई बस्न समस्या भएको छ ।’ जिल्लामा आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटक–पटक अनुरोध गरे पनि कुनै प्रक्रिया अगाडि नबढ्दा दिनप्रतिदिन समस्या बढ्दै गएको कारागार प्रशासनको भनाइ छ ।

कैदीबन्दीलाई सुत्न र शौचालय जान समस्या
जीर्ण बन्दै गएको लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या परेको छ । सुत्ने–बस्ने समस्या भयो भन्दै कैदीहरूले गुनासो गर्ने गरेका छन् । कारागारका कैदीहरूले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा आफुहरूलाई सुत्न र शौचालय जानसमेत समस्या भएको गुनासो गरेका छन् । 

कारागारका चौकीदार मेखबहादुर दुराले क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा सुत्न र शौचालय जान समस्या भएको बताए । उनले भने, ‘कैदीबन्दीले पिउने पानी, चर्पी, आरामदायी बसाइलगायत समस्या झेल्दै आएका छन् ।’ नयाँ आउने कैदीबन्दीका लागि आन्तरिक प्रशासनले छुट्टै राख्ने व्यवस्थाअनुरूप चर्पी, वासस्थानसहितको सामान्य व्यवस्था गरेको भए पनि त्यो दीर्घकालीन छैन । 

ad
ad