१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तरकारी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:१२:oo

इलामको फाकफोकथुम गाउँपालिका– ५ थुम्केभिर भन्ने स्थानमा पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सोमबार साँझ साढे पाँच बजेतिर पिकअप दुर्घटना हुँदा माई नगरपालिका– ९ का ४० वर्षीय दिनेश लिम्बू र इलाम नगरपालिका– ११ का ३० वर्षीय नवीन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

दुर्घटनामा परी माई नगरपालिका– १ का ३० वर्षीय विकास तामाङ गम्भीर घाइते भएका छन् । उनको इलाम अस्पतालमा उपचार भइरहेको छ ।

पाँचथरको रविबाट नवमी हुँदै इलामतर्फ आउँदै गरेको तरकारी बोकेको को.२च१५ नम्बरको पिकअप अनियन्त्रित भएर भिरबाट पाँच सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक नवीनकुमार राईले जानकारी दिएका छन् । 

ad
ad