Skip This
१६४औँ पटकको रक्तदान गर्न दोलखा पुगे प्रेमसागर  
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ मङ्सिर १४ आइतबार
  • Wednesday, 12 August, 2026
२o७७ मङ्सिर १४ आइतबार १३:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

१६४औँ पटकको रक्तदान गर्न दोलखा पुगे प्रेमसागर  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर १४ आइतबार १३:२७:oo

देशभर रक्तदानको अभियान चलाइरहेका अभियान्ता प्रेमसागर कर्मचार्य १६४औँ पटकको रक्तदान गर्न दोलखा पुगेका छन् । 

शनिबार दोलखा सदरमुकाम चरिकोटमा कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा अभियन्ता कर्मचार्यले १६४औँ पटक रक्तदान गरेका हुन् । 

उपत्यकाभन्दा बाहिरका जिल्लाहरूमा बसोवास गर्ने नागरिकमा रक्तदान गर्ने उत्साहमा वृद्धि होस् र जसका कारण कुनै पनि बिरामी रगत अभावकै कारणले मर्नु नपरोस् भन्दै आफूले यो अभियान चलाइरहेको अभियन्ता कर्मचार्य बताए । 
 
नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘कसैको ज्यान बचाउन र पुन्य कमाउने सबैभन्दा ठूलो दान नै रक्तदान हो भन्ने भावना सबै मानवसमक्ष पुग्न सकेको छैन, त्यसैले हामीले यसलाई अभियानकै रूपमा चलाइरहेका छौँ ।’ 

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्षसमेत रहेका कर्मचार्यले वर्षौँदेखि ‘रक्त व्यवस्थापनमा सबैको सहभागिता’ भन्ने नाराका साथ उक्त अभियान सञ्चालन गरिरहेका छन् । 

उनले काठमाडौं उपत्यका र अस्पतालबाहेक २० भन्दा धेरै जिल्लामा पुगेर रक्तदान गरिसकेका छन् । कर्मचार्यकै अगुवाइमा देशभर ४० भन्दा धेरै जिल्ला तथा नगरमा स्वयंसेवी रक्तदाता समाज गठन भइसकेको र त्यसले नियमित रक्तदानको अभियान चलाइरहेको छ । 

१६ वर्षदेखि रक्तदान सुरु गरेका कर्मचार्य अहिले ५७ वर्ष भइसकेका छन् । यो अवधिसम्म उनले १६४औँ पटक रक्तदान गरिसकेका छन् । उनीसँगै रक्तदान गर्न दोलखा पुगेका अर्का अभियन्ता केबी सम्राटले पनि १०६औँ पटकको रक्तदान गरेका छन् । 

कर्मचार्य र सम्राट दुवैजनाको यो अभियानले दोलखामा रगत दान गर्नुपर्छ भन्ने भावनामा वृद्धि हुने विश्वास स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको छ । नेपाली कांग्रेसको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा शनिबार मात्रै ३० पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका सभापति गोकर्णप्रसाद पोखरेलले जानकारी दिएका छन् । 

कोरोना महामारी नियन्त्रण गर्न गरिएको लामो बन्दाबन्दीका कारण दोलखामा केही समयअघिदेखि रगत अभाव देखिएको छ । पछिल्लो समय रेडक्रसले व्यवस्थापन गर्दै आएको सभापति पोखरेलले बताएका छन् ।