१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाल र खनालले भने– बैठकको निर्णयलाई सबैले मान्नुपर्छ, चार नेता मौन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:१o:oo

नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी निर्णयलाई कसैले दायाँबायाँ गरेर चुनौती दिन नसक्ने बताएका छन् । केन्द्रीय सचिवालयको शनिबारको बैठकमा दुवै वरिष्ठ नेताले त्यस्तो बताएका हुन् । 

वरिष्ठ नेता नेपालले अहिले पार्टीभित्रको समस्यालाई दुई अध्यक्षबीचको विवाद र असमझदारीका रूपमा बुझ्ने कुरा नै गलत भएको बताएका थिए । ‘यो खालि दुई अध्यक्षको मात्रै कुरा होइन, हामी सबैको साझा कुरा हो । यो कुरालाई सबैले आत्मसात् गर्नुपर्छ,’ नेपालको भनाइ थियो, ‘तर, कमरेड केपीमा त्यो कुरा देखिएन । पार्टीको निर्णयलाई सबैले मान्नुपर्छ ।’

अर्का वरिष्ठ नेता खनालले दुवै प्रस्तावमाथि बैठकमा छलफल भएपछि निर्णयलाई सबैले मानेर जानुपर्ने बताएका थिए । ‘प्रस्तावमाथि बैठकमा छलफल गरौँ, बैठकको निर्णय सबैले मान्नुपर्छ, कसैले दायाँबायाँ गर्न पाउँदैन । बैठकभन्दा ठूलो कोही छैन, कोही हुँदैन ।’ खनालको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने ।

चार नेता मौन 
बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ तथा महासचिव विष्णु पौडेल भने मौन बसेका थिए । दुई अध्यक्ष, दुई वरिष्ठ नेता र उपाध्यक्षले धारणा राखेपछि अरूले पनि बोल्न खोजे पनि अर्को बैठकमै विस्तृत छलफल गर्न सकिने भनिएपछि १६ मंसिरका लागि सचिवालय बैठकको मिति तोकेर शनिबारको सचिवालय बैठक स्थगित भएको थियो ।

यो पनि पढ्नुस

प्रचण्डलाई ओलीको प्रश्न- यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’को लडाइँ ?  [प्रस्तावकाे पूर्णपाठ]

३८ पेजको प्रस्तावअघि प्रचण्डलक्षित ओलीको प्रश्न : सधैँ आफ्नै लागि दौडधुप केका लागि ? 

प्रचण्डले ओलीलाई भने– प्रस्तुतिमा आत्मालोचनाको भाव देखिएन 

निर्णयमै पहिला सहमति खोजेर बैठक बस्न खोज्ने तरिका ठीक होइन : उपाध्यक्ष गौतम 

 

ad
ad