१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o८१ जेठ १ मंगलबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नक्कली प्रहरी बनेर ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३८:oo

‘म प्रहरी हुँ’ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोट सान्नी त्रिवेणी गाउँपालिका– ४ स्थायी घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ३ तातोपानी बस्ने बिलबहादुर  धामीलाई पक्राउ गरेको हो ।

‘प्रहरी हुँ’ भन्दै ठगी गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक कनक शाहीको कमान्डमा खटिएको टोलीले घर खानतलासी गरी नगद १२ हजारसहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

धामीलाई नियन्त्रणपश्चात् अनुसन्धानका क्रममा सोधपुछ गर्दा वन कार्यालयको वन रक्षक भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
 

ad
ad