
यस वर्ष बालोन डिअर अवार्ड कार्यक्रम हुने छैन । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले दि बेस्ट नाम राखी १७ डिसेम्बरमा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषणा गर्ने भएको छ । यस अवार्डका लागि फिफाले बुधबार उत्कृष्ट पुरुष तथा महिला ११ खेलाडीको नाम सार्वजनिक गरेको छ ।
पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्ता खेलाडीको मनोनयन नाम फिफाले सार्वजनिक गरेको हो । वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा इंग्लिस क्लब लिभरपुलका पाँच खेलाडी छन् । कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि गत जुलाईमै आयोजक फ्रान्सले बालोन डिअर अवार्ड स्थगित गरेको थियो ।
फिफाको दि बेस्टमा लिभरपुलका स्ट्राइकर मोहमद सलाह र साडियो माने छन् । यसैगरी अल्कान्ट्रा तथा डिफेन्डर भर्गिल भान डिज्क पनि मनोनयनमा परेका छन् । गत वर्ष उपाधिविहीन भएका बार्सिलोनाका लियोनल मेसी पनि मनोनयनमा परेको फिफाले जनाएकोछ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो तथा बायर्न म्युनिखलाई च्याम्पियन्स लिग दिलाउन प्रमुख भूमिका निर्वाह गरेका रोवर्ट लेवान्डोस्की पनि छन् ।
पहिलोपटक फ्रान्सको पिएसजी क्लबलाई च्याम्पियन्स लिगको फाइनल स्थान पक्का गराउन उत्कृष्ट योगदान दिएका केलियन एम्बाप्पे तथा नेमार जुनियर पनि दि बेस्टको मनोनयनमा छन् । पाँच वबर्षपछि स्पेनिस ला लिगा उपाधि उचालेको रियल म्याड्रिडका कप्तान सर्जियो रामोस, थियागो र केभिन डी ब्रुयन पनि उत्कृष्ट ११ को सूचीमा छन् ।
लिभरपुलले तीन दशकपछि इंग्लिस प्रिमियर लिग उपाधि जित्दा मनोनयनमा परेका पाँच खेलाडीको भूमिका मुख्य रहेको थियो । पछिल्ला केही वर्षमा फिफाले प्रदान गर्ने उत्कृष्ट खेलाडीमा स्पेनिस र सिरिए क्लबको दबदबा हुन्थ्यो । अझ यसमा पनि बार्सिलोना, रियल म्याड्रिड र युभेन्टसका खेलाडीले अधिपत्य जमाउँथे । यसपटक स्पेनिस क्लबले च्याम्पियन्स लिगमा त्यति राम्रो नतिजा निकाल्न नसक्दा इंग्लिस क्लबहरू हाबी भएका छन् । म्यानचेस्टर सिटीबाट केभिन मात्र मनोनयनमा परेका छन् । पछिल्लो एक दशकमा रोनाल्डो र मेसीबीच मात्र उपाधिको होडबाजी चल्यो ।
यसपटकको प्रतिस्पर्धामा बायर्नका स्टार लेवान्डोस्कीले मेसी, रोनाल्डो तथा सलाहलाई चुनौती दिनेछन् । लेवान्डोस्कीले गत सिजनमा बायर्नबाट ४७ खेलमा ५५ गोल गरेका थिए । फ्रेन्च लिग वानबाट एम्बाप्पे र नेमार मात्र मनोनयनमा परे । यसैगरी फिफाले पुरुष तथा महिलामा समान पाँच प्रशिक्षक मनोनयन लिस्ट सार्वजनिक गरेको छ । ११ डिसेम्बरमा फिफाले अन्तिम तीन सूची सार्वजनिक गर्नेछ । फिफाले यसपटक भर्चुअलबाट कार्यक्रम गर्नेछ ।
उत्कृष्ट पुरुष खेलाडी मनोनयनमा
थिएगो अल्कान्ट्रा (बायर्न/लिभरपुल)
क्रिस्टियानो रोनाल्डो (युभेन्टस)
केभिन डे ब्रुयने (म्यानचेस्टर सिटी)
रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख)
साडिओ माने (लिभरपुल)
केलियन एम्बाप्पे (पिएसजी)
लियोनल मेसी (बार्सिलोना)
नेमार (पिएसजी)
सर्जियो रामोस (रियल म्याड्रिड)
मोहमद सलाह (लिभरपुल)
भर्गिल भान डिज्क (लिभरपुल)
उत्कृष्ट महिला खेलाडी
लुक्स ब्रोन्जे (म्यानचेस्टर सिटी)
डेल्फिने कास्कारिनो (ओलम्पिक)
कारोलिने ग्रहाम (बार्सिलोना)
पेर्निले हार्डेर (उल्सवर्ग–चेल्सी)
जेनिफर हेर्मोसो (बार्सिलोना)
जिसो युन (चेल्सी)
साम केरे (चेल्सी)
साकी कुमागी (ओलम्पिक योनिसा)
मोरोजासान (ओलम्पिक)
वेन्डी रेनार्ड (ओलम्पिक्स लिनास)
उत्कृष्ट गोलरक्षक महिला
अना कट्रिना (चेल्सी)
साराह बोउहादी (ओलम्पिक लियोनास)
क्रिस्टिने (पिएसजी)
हेडभ्ग लिन्डाह (उल्सबर्ग)
आल्साय नहिर (सिगाको)
एलिन रेबुक (म्यानचेस्टर सिटी)
पुरुष उत्कृष्ट गोलरक्षक
अलिसाने वेकर (लिभरपुल)
थिवाउट (रियल म्याड्रिड)
केलोर नाभास (पिएसजी)
मानुएल नुएर (बायर्न म्युनिख)
जान ओब्लाक (एटलेटिको म्याड्रिड)
मार्क एन्ड्रे टेर (बार्सिलोना)
उत्कृष्ट प्रशिक्षक पुरुष
मार्सेलो वेएल्सा (लिड्स)
हान्स फिल्क (बायर्न म्युनिख)
जर्गेन क्लोप (लिभरपुल)
जुलेन लोपेटेगी (सेभिल्ला)
जिनेदिन जिदान (रियल म्याड्रिड)