१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o९:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बजारले १८ सयको सीमा नाघ्यो : ८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:३१:oo

- नेप्से हालसम्मको उच्च बिन्दु एक हजार आठ सय ८१ बाट मात्रै ७१ अंकको दूरीमा

- लगानीकर्ताको सम्पत्तिको मूल्य २४ खर्ब २६ अर्ब रुपैयाँ

सोमबार स्थिर देखिएको सेयर बजार मंगलबार करिब ३० अंकले बढेसँगै नेप्से एक हजार आठ सय बिन्दुमाथि उक्लिएको छ । बजार बन्द हुँदा एक हजार आठ सय १० अंकमा पुगेको हो । नेप्से हालसम्मको उच्च बिन्दु एक हजार आठ सय ८१ बाट मात्रै ७१ अंकको दूरीमा छ । बजारले वृद्धि समातेसँगै लगानीकर्ताको सम्पत्तिको मूल्य २४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । 

बजार उच्च तहमा पुग्दा धेरै सर्वसाधारण बजारप्रति आकर्षित हुन थालेका छन् । लगानी क्षेत्रहरूको अभाव र बैंकहरूमा पर्याप्त तरलताले बजारमा लगानी गर्ने क्रममा समेत वृद्धि भएको हो । 

यस्तो वेला प्राविधिक विश्लेषणहरूले समेत काम गर्दैन भने लगानीकर्ताको मनोविज्ञान नै श्रेष्ठ हुने गर्छ । सोमबार भएको प्रतिफल सुरक्षित गर्न लागेका लगानीकर्तामा बजार थप बढ्ने अपेक्षा बढेको देखिन्छ । 

सोमबारको तुलनामा बजारमा कारोबार रकमसमेत १४ प्रतिशतले बढेर पाँच अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । कारोबारमा आएका एक सय ९६ कम्पनीमा एक सय २४ को मूल्य बढेको र ३५ को घटेको छ । केही समयअघिजस्तै फेरि पनि बजारमा विशाल बजार कम्पनी, हिमालयन डिस्टिलरी, बोटलर्स नेपाल (तराई)को सेयर मूल्य उच्च दरमा बढ्ने क्रममा रहेको छ । आठ कम्पनीको मूल्य नाै प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । 

यसले व्यापारमूलक, उत्पादनमूलक समूहको परिसूचकमा पनि उच्च वृद्धि भएको छ । निर्जीवन बिमा, जीवन बिमा र ‘अन्य’ समूहगत परिसूचक पनि उच्चदरमा बढ्नेमा रहेका छन् । यस दिन होटेलबाहेक सबै समूहगत परिसूचक बढेका हुन् । ओरियन्टल होटेलको मूल्य बढे पनि सोल्टीको घट्दा समूहगत परिसूचक नै ओरालो लागेको हो । मूल्य घट्ने धेरै कम्पनीको तीन प्रतिशतभन्दा कमले घटेको हो । 

नेप्सेको मैनबत्ती चित्रले सेतो मैनबत्ती आकृति बनाएको छ । यसले बजार बढ्न सक्ने संकेत गरिरहेको छ । नेप्सेको सातदिने रेखामाथि रहेर २१ दिने मुभिङ एभरेज रेखासँग दूरी बनाएर रहेको छ । हाल भने बजार बुलिस नै रहेको यसले संकेत गरिरहेको छ । 


 

ad
ad