१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भट्टराईले सम्हाले महानगरीय ट्राफिक महाशाखाको नेतृत्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:३४:oo

महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका छन् ।

महाशाखामा सोमबार आयोजित कार्यक्रममा भट्टराईको स्वागत र ढकालको बिदाइ गरिएको छ । बिदाइ समारोहमा ढकालले आफ्नो कार्यकालमा आफूले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण काम गरेको दाबी गरे । ट्राफिक व्यवस्थापनका लागि आफूले गरेको प्रयास सफल रहेको उनले बताए । 

आमनागरिकबाट समेत उपत्यकाको ट्राफिक व्यवस्थापनको प्रशंसा हुने गरेको उल्लेख गर्दै ढकालले भोलिका दिनमा यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । 

नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना न्यूनीकरणमा भएका कामहरूलाई आफूले निरन्तरता दिने बताए । विगतमा पनि आफूले महाशाखाअन्तर्गत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफ्नो पहिलो प्राथमिकता हुने बताए । ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको हो ।

ad
ad