१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ मङ्सिर ७ आइतबार १२:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हतियारसहित विप्लवका सैन्य कमान्डर पक्राउ

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार १२:१५:००

नेत्रविक्रम चन्द (विप्लव) नेकपाका एकजना सैन्य लडाकु पक्राउ परेका छन् । प्रहरीले मोरङको उर्लाबारीबाट हतियारसहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– २ घर भएका ३२ वर्षीय पेम्बा सांगे शेर्पालाई पक्राउ गरेको हो 

विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका– ६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालयनजिकबाट शनिबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख (एसपी) सन्तोष खड्काले बताए ।  

पक्राउ गरेर हिरासतमा लिइएका शेर्पा विप्लव समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको उनले जनाएका छन् । 

शेर्पाले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि विप्लव समूहको गतिविधि सञ्चालन गरिरहेको प्रहरीले बताएको छ । 

पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली समेत बरामद गरेको छ । 

शेर्पाको साथबाट पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दस्ताबेजहरू पनि बरामद भएको मोरङ प्रहरीले जनाएको छ । 

पक्राउ परेका शेर्पा, विप्लव समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेकोसमेत प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

शेर्पाविरुद्ध प्रहरीले  हातहतियार खरखजना मुद्दामा म्याद थपगरी थप अनुसन्धान बढाइने प्रहरीले जनाएको छ ।