१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

 शे-फोक्सुन्डाे निकुञ्ज पुग्यो संसदीय टोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:४३:oo

कृषि सहकारी तथा प्राकृतिक स्राेत समितिका सभापतिसहितको संसदीय टोली डोल्पा पुगेको छ । 

समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण टोली शे–फोक्सुन्डाे राष्ट्रिय निकुञ्जमा पुगेको हो । टोलीमा उपसमितिका पदाधिकारीहरू भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रीलगायत सहभागी छन् । 
 
संसदीय टोलीले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन गर्नुका साथै उपसमितिले निकुञ्ज क्षेत्रमा पर्ने छेप्का, रिग्मो गाउँ र सदरमुकाम दुनैमा बृहत् छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।  

निकुञ्जमा निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, ‘निकुञ्जको कोर क्षेत्रमा मात्रै २४ वटा गाउँबस्ती छन् । एकातिर स्थानीयका आवश्यकता छन्, अर्कोतिर विकास निर्माणका कुरा छन्, निकुञ्जको ऐन–कानुनले निकुञ्ज क्षेत्रमा विकास गर्नुपूर्व राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिनुपर्ने प्रावधान राखेको छ ।’ 

निकुञ्ज, स्थानीय सरकार र नागरिकबीच विवाद नआउने किसिमले नयाँ ऐन कानुन निर्माण गर्ने वा भएकै कानुनमा संशाेधन गर्ने विषयमा समेत टोलीको विशेष चासो रहेको पौडेलले बताए । 

निकुञ्ज क्षेत्रभित्र पाइने बहुमूल्य जडीबुटीहरुको उपभोग डोल्पाका नागारिकले मात्रै गर्न पाउने व्यवस्था गरेमा निकुञ्ज संरक्षणमा थप सजिलो हुनुका साथै डोल्पाका नागरिकको आयस्तरमा समेत वृद्धि हुने निकुञ्जको भनाइ छ ।

ad
ad