मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर ४ बिहीबार १५:०७:००
Read Time : < 1 मिनेट
विश्व

नान्सी पेलोसी सभामुखमा यथावतै रहने डेमोक्रेटिक पार्टीको निर्णय

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर ४ बिहीबार १५:०७:००

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत कायम गरेको डेमोक्रेटिक पार्टीले वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको छ । आगामी जनवरीमा सदनमा सभामुखका लागि मतदान हुनेछ । हाउसमा डेमोक्रेटको बहुमत रहेकाले पेलोसी विजयी हुने निश्चित छ । 

सभामुख पेलोसीले राष्ट्रपति निर्वाचित जो बाइडेनसँग मिलेर कार्य गर्न आफू तत्पर रहेको बताएकी छिन् । सन् २०१९ मा पेलोसीले आफू अरू चार वर्षका लागि मात्र सभामुख हुन चाहेको बताएकी थिइन् । हाउस डेमोक्रेटका सदस्यहरूले यसै साता सदनभित्रका विभिन्न पदहरूको नेतृत्वका बारेमा पनि निर्णय गर्दै छन् । 

हाउसका एकतिहाइ सदस्यका लागि भएको चुनावमा डेमोक्रेटिक पार्टीले १० स्थान गुमाएको थियो । यही कारण हाउसमा डेमोक्रेटिकको झिनो बहुमत कायम भएको छ । सभामुख पेलोसीले अमेरिकाका अघिल्तिर रहेका जल्दाबल्दा समस्याहरू जस्तै स्वास्थ्य सेवाको विस्तार, पर्यावरण संरक्षणको सबलीकरण, नीतिगत तहमा पुनर्संरचना र अर्थतन्त्रमा रहेका व्यापक जातीय विभेदलाई सम्बोधनजस्ता विषयमा राष्ट्रपति निर्वाचित बाइडेनसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । 
डेमोक्रेटको हाउस कमिटीले बुधबार नै हाउस बहुमत नेतामा स्टेनी होयर र बहुमत ह्विपमा जेम्स क्लाइबर्नलाई पुनः निर्वाचित गरेको छ ।