१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रासस काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १४:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही 

Read Time : < 1 मिनेट
रासस काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १४:३६:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड– १९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताएका छन् । 

उनले सबै अस्पताललाई संक्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोधभर्ना रकम उपलब्ध गराइने जानकारी दिए । 

कोभिड– १९ को उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश– २०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड– १९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड– १९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । 

उपचार गरेबापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउनेछ । सरकारले कोरोना बिमा गरेको हकमा भने बिमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्ने चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ ।

ad
ad