मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १ सोमबार १३:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै नेपाल संवत ११४१ को स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १ सोमबार १३:०४:००

नेवार समुदायले राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै नेपाल संवत् ११४१  लाई स्वागत गरेका छन् ।
विगत वर्षहरू मोटरसाइकल ऱ्याली, सहर परिक्रमालगायतका विभिन्न कार्यक्रम गरी नेपाल संवत् मनाउने गरिएको भए पनि यो वर्ष कोरोना महामारीका कारण औपचारिकतामा मनाइएको छ । 

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए । 
सरकारले नेपाल संवतलाई मान्यता दिएको छ । 

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिँदै आधिकारिक रूपमा प्रचलनमा ल्याउनुपर्ने माग राख्दै वि.सं. २००७ सालदेखि नै अभियान चल्दै आएको थियो । 

अहिले विश्व नै कोरोना महामारीसँग लडिरहेको अवस्थामा ‘कोरोनामुक्त वर्ष ११४१’ होस भन्ने कामनाका साथ शुभकामना आदान–प्रदान गरी नेपाल संवत् भनाइरहेको नेपाल संवत् (न्हुँद) राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले बताए । 

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विशेषगरी नेवार समुदायले नेपाल संवत् धुमधामका साथ मनाउने गर्दछन् ।