१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस–एपी
२o८१ बैशाख ३१ सोमबार १२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

जान्सेनको कोभिड– १९ खोप तेस्रो चरणमा प्रवेश

Read Time : < 1 मिनेट
रासस–एपी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:२२:oo

फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोना भाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६ हजार व्यक्तिलाई समावेश गर्ने जनाएको छ । 

अध्ययनको नेतृत्व गरिरहेका डा. साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागेको बताए । उनले खोप परीक्षणका लागि विश्वभरका ६ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिए । 

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो । 
साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरसविरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट भइनसकेको बताए । फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी पनि दिए । बेलायतमा जान्सेनसहित ६ वटा कम्पनीलाई कोभिड– १९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ । 
 

ad
ad