१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ बैशाख ३० आइतबार १५:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीका अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:१४:oo

कर्णाली प्रदेशका सबैजसाे जिल्लामा रहेका सक्रिय काेराेना संक्रमित अधिकांश होम आइसोलेसनमा बसेका छन् । कोरोनाका लक्षण नदेखिएका र सामान्य लक्षण भएका संक्रमित होम आइसोलेसनमा बसेका हुन्। 

कर्णालीमा पाँच सय ५९ जना कोरोना सक्रिय संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा बसेका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कर्णाली प्रदेशको सबैभन्दा बढी तीन सय ७१ जना कोरोना सक्रिय संक्रमित रहेको सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको होम दुई सय ६९ जना रहेका छन् । 

सल्यान जिल्लामा रहेका कोरोना सक्रिय १४ जनामध्ये सबैजना होम आइसोलेसनमा बसेका छन् । उनीहरूमध्ये शारदा नगरपालिकाको होम आइसोलेसनमा नाैजना, बागाचौर होम आइसोलेसनमा एकजना, कुमाख गाउँपालिकाको होम आइसोलेसनमा एकजना र कालिमाटी नगरपालिकाको आइसोलेसनमा तीनजना बसेका छन् । 

रुकुम पश्चिममा कोरोना सक्रिय संक्रमित रहेका १८ जनामध्ये आठजना होम आइसोलेसनमा बसेका छन् । त्यसमध्ये चौरजहारी नगरपालिकाको होम आइसोलेसनमा तीनजना, आठबिसकोट नगरपालिकाको होम आइसोलेसनमा दुईजना, मुसिकोट नगरपालिकाको होम आइसोलेसनमा एकजना र सानीभेरी नगरपालिकाको होम आइसोलेसनमा एकजना रहेका छन् । 

त्यस्तै, जुम्लामा ४६ जना कोरोनाका सक्रिय बिरामी रहेको त्यसमध्ये ३३ जना होम आइसोलेसनमा बसेका छन् । जसमध्ये तातोपानी गाउँपालिकाको होम आइसोलेसनमा पाँचजना, चन्दननाथ नगरपालिकाको होम आइसोलेसनमा २८ जना रहेका छन् । 

मुगुमा कोरोनाका ११ जना सक्रिय संक्रमित रहेकोमध्ये सबैजना होम आइसोलेसनमा बसेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

शुक्रबार कर्णालीमा थप ३८ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा कोरोनाका थप ३८ जना थपिएका छन् । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८ जनाको कोरोना संक्रमणको पुष्टि भए भएको हो । 

कर्णालीमा २४ घन्टाको बीचमा सुर्खेतका २४ जना, हुम्लाका चारजना, जाजरकोट, दैलेख, सल्यानका एक–एकजना र रुकुम पश्चिमको दुईजनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । कर्णालीमा योसँगै कोरोना संक्रमित हुनेको संख्या ६३४६ पुगेको छ । 

५५ जना कोरोना संक्रमणबाट मुक्त भए

कर्णालीमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण निको भएर ५५ जना डिस्चार्ज भएको महाशाखा प्रमुख शाहीले बताए । ‘सुर्खेतबाट ५२ जना, दैलेखबाट दुईजना र कालिकोटबाट एकजना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।’ उनले भने, ‘योसँगै कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या ५७०० पुगेको छ ।’

ad
ad