मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २८ शुक्रबार १३:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक बस्दै : ओली–प्रचण्ड पक्ष आ–आफ्नो एजेन्डा अनुकूल बनाउने रणनीतिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २८ शुक्रबार १३:१३:००

लामो समयदेखि संघर्षमय देखिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । 
आज अपराह्न ४ बजे प्रधानमन्त्रीनिवास  बालुवाटारमा बैठक बस्न लागेको हो । 

बैठकमा कुन कुन एजेन्डामा छलफल हुने भन्नेबारेमा तय भइनसकेको भए पनि अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष आ–आफ्नो अनुकूलका एजेन्डा प्रभावकारी बनाउन रणनीति बुनेका छन् । 

अध्यक्ष दाहालसहित अन्य पाँच नेताहरूले सचिवालय बैठक बोलाउन माग गर्दै आएको र कुन–कुन एजेन्डामा बैठक बस्ने भन्ने निश्चित भएपछि मात्र बैठक बोलाउने अडानमा रहेको ओली पक्षबीच एजेन्डामा सहमतिविना बैठक डाकिएको छ । 

जसले गर्दा आजको सचिवालय बैठकमा दाहाल पक्ष आफुसँग बहुमत सदस्य रहेकाले सोहीअनुसार बैठकमा प्रस्तुत हुने रणनीति अख्तियार गरेको स्रोतले जनाएको छ । त्यसैगरी ओली पक्ष दाहाल पक्षको प्रस्तुतिअनुसार आफ्नो रणनीति अघि सार्ने पक्षमा रहेको देखिएको छ । 

सचिवालय बैठकमा दुवै अध्यक्ष पक्ष कसरी प्रस्तुत हुन्छ र त्यहाँ कसरी एजेन्डाहरूमा छलफल हुन्छ भन्नेमा अहिले चासो देखिएको छ । शीर्ष नेताहरूमा गम्भीर मतभेद र संघर्ष देखिएपछि नेकपा विभाजनको रेखातर्फ जान लागेको विश्लेषण राजनीतिक वृत्तमा चलिरहेका बेला सचिवालय बैठकले निकास निकाल्ने हो वा अझ संघर्ष चर्कने हो त्यो यस बैठकपछि स्पष्ट हुनेछ ।

बिहीबार मात्र दुवै अध्यक्षले आजको बैठकबारे आ–आफ्ना निकटका नेताहरूसँग छलफल गरेका थिए ।