
इसेवा मनी ट्रान्सफरले कुवेतबाट पनि नेपालमा रकम पठाउन मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले कुवेतकोे रेमिट्यान्स कम्पनी युएई एक्सचेन्जसँगको सहकार्यमा रेमिट्यान्स सेवा सुरु गरेको हो ।
यो सेवा सुरु भएसँगै कुवेतमा रहेका नेपालीहरूले युएई एक्सचेन्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।
नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा बढी इसेवा मनी ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एपमार्फत पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । बैंक खातामा पठाइएको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुने जनाइएको छ ।
युएई एक्सचेन्जले छिट्टै नै इसेवा मनी ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्ने जनाएको छ ।रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्सचेन्जका तर्फबाट कार्यकारी प्रमुख कृष्णकुमार यछारथले हस्ताक्षर गरेका थिए ।