मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २७ बिहीबार ०७:०४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तिहारको खानेकुरामा ध्यान दिनुपर्ने पक्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक २७ बिहीबार ०७:०४:००

तिहारमा खाइने अधिकांश खाद्यपदार्थ चिल्लो, गुलियो र मसालेदार हुने गर्छन् । सामान्यतः चाडपर्वमा यस्ता खानेकुराको अत्यधिक प्रयोग हुने हुँदा स्वास्थ्यमा प्रतिकूल असर परिरहेको हुन्छ । शरीरलाई चाहिने आवश्यक मात्राभन्दा बढी हुँदा स्वस्थ व्यक्तिलाई समेत असर पुर्‍ याउने भएकाले ध्यान दिन आवश्यक हुन्छ । स्वस्थ रहन आहारको मात्रा व्यक्तिको तौल, शारीरिक अवस्था र स्वास्थ्यको आधारमा फरक हुने गर्छ । जस्तै, मुटु, मिर्गौला, मधुमेह, मोटोपनका बिरामीलाई चाडपर्वमा खाइने खानेकुराले झन् असर गर्न सक्छ । तसर्थ, स्वस्थ व्यक्तिले समेत मसाला सेवन गर्दा ध्यान दिनुपर्ने हुन्छ ।

सेलरोटी : तिहारमा उपहारका रूपमा मसालामा सेलरोटीको अत्यधिक प्रयोग हुने गर्छ । तिहार सुरु भएदेखि भाइटीकासम्म नै नियमित सेलरोटीको प्रयोग गर्ने चलन छ । सामान्यतः सेलरोटीमा चिल्लोको मात्रा रहने गर्छ । योसँगै तेलमा तारेका अन्य खानेकुराहरू पनि समावेश गरिन्छन् । स्वस्थ खानपानका लागि तेलमा तारेका खानेकुराहरूसँगै फलफूल, सागपात, गेडागुडी, माछामासुको पनि प्रयोग गर्नुपर्छ । खानामा मात्रा मिलाएर सन्तुलन आहारका लागि अन्य खानेकुरा पनि समावेश गरिनु आवश्यक हुन्छ । सेलरोटीमा चिल्लो र गुलियोको मात्रा रहने हुँदा बिरामीलाई असर गर्न सक्छ । 

मिठाई : स्वस्थ रहन पाँचवटा खाद्यसमूहभित्र कम प्रयोग गर्नुपर्ने खाद्यवस्तु चिल्लो र गुलियो हुन् । उपहारका रूपमा आउने चकलेट र मिठाईको प्रयोग हुने तिहारमा अत्यधिक सेवन स्वास्थ्यका लागि प्रभावकारी मानिँदैन । सामान्यतः एक टुक्रामा मिठाईमा उपलब्ध हुने क्यालोरी र सामान्य स्वस्थ खानेकुराबाट उपलब्ध हुने समान क्यालोरीले शरीरमा फरक प्रभाव पारिरहेको हुन्छ । मिठाईबाट उपलब्ध हुने अधिकांश क्यालोरी मेटाबोलिजममा नभई चिल्लोमा परिवर्तन हुने हुँदा शरीरमा असर पुर्‍याउने हुन्छ । तर, यसको अर्थ मिठाईको प्रयोग नै गर्नुहुँदैन भन्ने होइन । स्वास्थ्य अवस्थाअनुसार मात्रा मिलाएर सेवन गर्न सकिन्छ । 

नट्स : भाइमसालामा प्रयोग हुने अधिकांश खाद्यवस्तु नट्स हुन्छन् । जस्तै, काजु, बदाम, ओेखर, अल्मोन्डजस्ता नट्सहरूको प्रयोग स्वास्थ्यका लागि प्रभावकारी मानिन्छ । स्वास्थ्यका दृष्टिकोणले ओखर र अल्मोन्डजस्ता नट्सबाट पाइने चिल्लो निकै स्वस्थकर मानिन्छ । यसमा ओमेगा फ्याक्ट्री एसिडको मात्रा पाइने र शरीरमा भएको नराम्रो चिल्लोको मात्रा कम गर्ने हुँदा नियमित प्रयोगका लागि उपयुक्त मानिन्छ । तर, नरिवलमा स्याचुरेटेड फ्याटको मात्रा पाइने हुँदा स्वास्थ्यका लागि त्यति फाइदाजनक मानिँदैन । समग्रमा दैनिक नट्सहरूको प्रयोग १५ देखि २० ग्रामसम्म गर्न सकिन्छ । तिहारमा नट्स, सेलरोटी, मिठाई एकैचोटि प्रयोगमा आउने हुँदा सन्तुलन नमिल्दा स्वस्थ व्यक्तिमा पनि प्रतिकूल असर पर्छ । तसर्थ, चाडपर्वमा खानपानको मात्रामा ध्यान दिन आवश्यक छ ।