
राष्ट्रिय सभा सदस्य वामदेव गौतम उक्त पदका लागि अयोग्य रहेको तथा उनलाई मन्त्रिपरिषदमा समावेश नगराउन आदेश माग गर्दै दायर भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उनी सदस्यका लागि अयोग्य रहेको भन्दै रिट दायर गरेका थिए । त्यसैमाथि बुधबार बसेको संवैधानिक इजलासले अन्तरिम आदेश नदिने भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित दीपकुमार कार्की, हरिकृष्ण श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त मुद्दामा अन्तरिम आदेश नदिने निर्णय गरेको छ ।
आदेशको लिखत अझै तयार नभएकोले कुन आधारमा यस्तो आदेश भएको हो सोबारे जानकारी नभएको सर्वोच्चका सूचना देवेन्द्र ढकालले जानकारी दिए ।