मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७७ कार्तिक २६ बुधबार १२:१९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत

Read Time : > 1 मिनेट
रासस
२०७७ कार्तिक २६ बुधबार १२:१९:००

लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु‍. ३८ अर्ब ६८ करोडबराबरको विदेशी लगानी स्वीकृत गरेको छ । 

बोर्ड अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकाे अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४५औँ बैठकले तीन ठूला परियोजनाका लागि रु. ३८ अर्ब ६८ करोडबराबरको लगानी स्वीकृत गरेको हो ।

सार्वजनिक–निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि रु. १७ अर्ब ६२ करोड ४० लाखबराबरको विदेशी लगानी स्वीकृत गरिएको बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जनाकारी दिए । 

उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि रु. १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् परियोजनाका लागि रु. १० अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो ।

यसैगरी उक्त बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकार निकायसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे छलफल भएको थियो ।

लगानीकर्तालाई एकल बिन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा ‘नलेज म्यानेजमेन्ट पोर्टल’को स्थापना तथा उपयोग गर्ने विषयमा समेत छलफल भएको मिश्रले जानकारी दिए । 

बोर्डका अध्यक्ष प्रधानमन्त्री ओलीले बैठकमा कोभिड– १९ ले नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेको विलम्ब हटाउन नयाँ प्रविधिको आवश्यकता भएको बताएका थिए । 

उनले कोरोनाका कारण बोर्डको बैठक नियमित बस्न असहज भए पनि आगामी दिनमा नियमित हुने जानकारी दिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत प्रवर्द्धन र सहजीकरण भएका परियोजना कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका थिए । भट्ट सिइओ नियुक्ति भएपछि बोर्डको पहिलो बैठक मंगलबार बसेको हो ।