१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
जुलिया लेग्नर
२o८१ बैशाख ३० आइतबार o६:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

साउदी अरेबियाको छवि सुधार्ने प्रयासमा धक्का

Read Time : > 2 मिनेट
जुलिया लेग्नर
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:५३:oo

साउदी राजकुमार जी२०को अध्यक्षतालाई साउदी अरेबियाको छवि सुधार्ने अवसर बनाउन चाहन्थे

साउदी अरेबियाको रौनकपूर्ण दिन सकिएजस्तो छ । विश्वका २० धनी मुलुकको समूह जी२०को आगामी बैठक भर्चुअल हुने घोषणा साउदी अधिकारी, विशेषगरी राजकुमार मोहम्मद विन सलमानका लागि निराशाजनक छ । सदस्य मुलुकका प्रमुख एवं व्यवसायका नेताका लागि रातो कार्पेट बिछ्याउने र उनीहरूसँग फोटो खिचाउने सुअवसर नमिल्दा मोहम्मद विन सलमानको साउदी अरेबियालाई अन्तर्राष्ट्रिय समुदायको एउटा प्रगतिशील एवं आधुनिक सदस्यको रूपमा छवि निर्माण गर्ने प्रयासमा अहिलेका लागि धक्का लागेको छ ।

तर, यसबाट मानवअधिकार पक्षधरहरू भने उत्साहित छन्, राजकुमार सलमानजस्तो निराश छैनन् । यसबाट जी२० मुलुकका सरकार एवं प्रतिनिधिले साउदी अधिराज्यबाट भएका शक्ति र सत्ताको दुरुपयोगका जमाल खग्गोसीको क्रूर हत्यालगायत सूचीमा ध्यान देओस् भन्ने अभियानमा प्रकाश पार्ने अर्काे अवसर मिलेको छ । सन् २०१७ मा राजकुमार घोषित गरिँदा मोहम्मद विन सलमान निकै आशावादी देखिएका थिए । त्यसलगत्तै, उनले मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन आक्रामक प्रयास थाले । उनको विदेशी लगानी आकर्षित गर्ने र मुलुकको अर्थतन्त्रको विविधीकरण गर्ने महत्वाकांक्षी एवं महँगो योजना भिजन २०३० परियोजना यसै रणनीतिको एक हिस्सा थियो । जुन परियोजनामा खेलकुद एवं मनोरञ्जनका भव्य कार्यक्रम समावेश छन् । मारिया कारे, इन्रिक इग्लेसियस एवं डेभिड गुएटा सहभागी भव्य सांगीतिक कार्यक्रमका साथै डकार र्‍यालीजस्ता मेगास्पोर्टस्का कार्यक्रम छन् ।

तर, जब साउदी अरेबियाको नयाँ अपराध सामने आयो, मोहम्मद विन सलमानको मुलुकको छवि सुधार्ने परियोजना निष्फल हुन पुग्यो । साउदीले यमनमाथि थालेको आक्रमण लम्बिएर पाँच वर्ष नाघेको छ । जसले विश्वकै खराबमध्येको मानवीय संकट सिर्जना गरेको छ । जबकि साउदी अधिकारीले यो आक्रमण केही महिनामै सकिने अपेक्षा गरेका थिए । साउदी राजकुमारको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत जब रिट्ज–कार्लटन सन् २०१७ मा पक्राउ परे त्यसले विदेशी लगानीकर्तालाई झस्कायो । थुप्रैले आफ्नो व्यवसाय वा लगानी फिर्ता लगे । मोहम्मद विन सलमानले महिला मानवअधिकारवादीलाई पक्राउ गर्ने तथा यातना दिने क्रम बढाए । टर्कीको स्तानबुलस्थित साउदी कन्सुलेट कार्यालयभित्रै पत्रकार जमाल खग्गोसीको सफायाले अन्तराष्ट्रिय समुदायमा होहल्ला मच्चाइदियो ।

जो बाइडेनको विजयले पनि साउदी सरकारलाई अप्ठ्यारो हुनेछ । जो बाइडेनले साउदी अरेबियाका अधिकारीलाई जमाल खग्गोसीको हत्याका लागि जवाफदेही बनाउने र हतियार बिक्री अन्त्य गर्ने वाचा गरेका छन् ।

सन् २०१८ को अक्टोबरमा खग्गोसीको हत्या भएपछि साउदी अरेबियाको छवि झन् घुमिल बन्न पुग्यो । सन् २०१९ मा संयुक्त राष्ट्रसंघका ३६ सदस्यले साउदीको सत्ताको दुरुपयोगप्रति असन्तुष्टि जताउँदै संयुक्त वक्तव्य नै निकाले । उनीहरूले साउदीले पत्रकार एवं मानवअधिकारकर्मीलगायतलाई सताउन बन्द गर्नुपर्ने आवाज उठाए । विरोधीहरूले पनि वाक् स्वतन्त्रतालगायत अधिकारको स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने कुराको सुनिश्चितताका लागि उसले अर्थपूर्ण पहलकदमी लिनुपर्ने माग गरे । युरोपेली संसद्ले त खग्गोसी हत्या र महिला अधिकारवादीहरूको स्वेच्छाचारी पक्राउ एवं यातनाविरुद्ध संकल्प प्रस्ताव नै पास ग¥यो । संयुक्त राष्ट्रसंघले दोस्रोपटक पनि वक्तव्य निकाल्यो । फलस्वरूप, थुप्रै मुलुकले साउदीलाई हतियार बिक्री नगर्ने निर्णय नै गरे । यमनमा मानवअधिकार उल्लंघन तथा अमेरिकी नागरिक एवं फरक मत राख्ने साउदी नागरिकविरुद्धका कदमको भत्र्सना गर्दै अमेरिकी कंग्रेसले पनि हतियार बिक्री नगर्ने प्रस्ताव ग¥यो । यो वर्षको जी२० बैठकको आयोजना रियादले गर्ने गत वर्षको घोषणाले साउदी अरेबियालाई मुलुकको छवि सुधार्ने र अन्तर्राष्टिय मित्र तथा लगानीकर्तालाई फकाउने स्वर्णिम अवसर मिलेको थियो । तर, अन्तर्राष्ट्रिय समुदायले उनलाई अंकमाल नगर्नु उनका लागि निराशाको विषय हो ।

अहिलेसम्म, विश्वभरका २२० भन्दा धेरै अधिकारवादी संगठनले जी२०को बहिष्कार गर्ने निर्णय गरिसकेका छन् । लन्डन, पेरिस, न्युयोर्क तथा लस एन्जलले यु२० सम्मेलनमा सहभागिता नहुने जनाइसकेका छन् । यसैबीच, युरोपेली संसद्, अमेरिकी कंग्रेसका सदस्य, जी२० मुलुकका संसद् सदस्यहरूले आफ्ना प्रतिनिधिलाई यो बैठक बहिष्कार गर्न भनिरहेका छन् । 

युएनमा, साउदीमा मानवअधिकारको सवालमा ठोस सुधारको माग गर्दै दबाब बढिरहेको छ । साथै, युएनको मानवअधिकार परिषद्मा साउदीले अक्टोबरमा हारको सामना गर्नुपरेको छ । यसले अन्तर्राष्ट्रिय समुदाय गम्भीर अधिकार हनन अब सहँदैन भन्ने संकेत गरेको छ । जो बाइडेनको निर्वाचनले पनि साउदी सरकारलाई अप्ठ्यारो हुनेछ । जो बाइडेनले साउदी अरेबियाका अधिकारीलाई जमाल खग्गोसीको हत्याका लागि जवाफदेही बनाउने र हतियार बिक्री अन्त्य गर्ने वाचा गरेका छन् । मुलुकभित्र मानवअधिकारको अवस्था एकदमै डरलाग्दो भएको भन्ने सरोकारवाला एवं अन्य मुलुकको निरन्तरको दबाबबाट साउदी अरेबियाले व्यक्तिगत स्वतन्त्रताको मूल्यलाई बोध गर्न सिक्नुपर्छ । अहिलेका लागि साउदी अरेबियालाई मिलेको जी२०को अध्यक्षता अब मोहम्मद विन सलमानले देखेको सुवर्ण अवसर रहेन । अथक रूपमा मानवअधिकारको वकालत र असन्तुष्टहरूको आवाजले अन्ततः सलमानको स्वेच्छाचारिता परिवर्तन हुन बाध्य हुनेछ । 

(लेग्नर मानवअधिकारविद् हुन्) 
अलजजिराबाट

ad
ad