१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राहत महसुस गर्दै प्रदेश १ का पर्यटन व्यवसायी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५o:oo

कोभिड–१९ का कारण सुनसान बनेका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि सुनसान भएका क्षेत्र नम्बर १ का पर्यटकीय क्षेत्रमा बिस्तारै चहलपहल बढ्न थालेको हो । कोभिड–१९ का कारण अप्ठ्यारोमा परेका पर्यटकीय क्षेत्रहरूमा थोरै चहलपहल बढेपछि आस पलाएको पर्यटन व्यवसायी विजय सुवेदीले बताए । बाह्य पर्यटकहरू नआए पनि आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायीले राहत महसुस गरेको सुवेदीको भनाइ छ ।  

मौलिक खानपान तथा विभिन्न जातजातिका झाँकीहरूका कारण होमस्टेमा बसेर पर्यटकीय क्षेत्रमा घुम्नेहरूको संख्यासमेत बढ्दै जान थालेको छ । इस्कुसको जरा, वनतरुल, किबी, पिँडालु, सिस्नु, आलु, कोदाको रोटी, मकै, भट्मासदेखि अर्गानिक चियालगायतका खानेकुराहरूले समेत होमस्टेमा बस्नेको संख्या बढाएको जेफाले सामुदायिक हामेस्टेका अध्यक्ष युवराज खड्काले बताए । 

प्रदेश–१ मा सबैभन्दा बढी इलाममा पर्यटक पुगेको त्यहाँका पर्यटन व्यवसायीहरू बताउँछन् । अन्तु पर्यटन विकास केन्द्र इलामका अध्यक्ष धनकुमार आलेले भने, ‘पहिलाको तुलनामा पुग्न त समय लाग्छ, तैपनि अहिले इलाममा उत्साहजनक रूपमा पर्यटक आइरहेका छन् ।’ यसले पर्यटनको क्षेत्रमा झिनो आशा पलाएको उनको भनाइ छ । उनका अनुसार पर्यटकहरूले आफँै स्वास्थ्य सामग्री, मास्क तथा स्यानिटाइजर लगाएर आउने गरेका छन् । 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी अधिकांश उद्योगी–व्यवसायीले लगानी बढाएका थिए । लगानी बढाएको केही दिन बित्न नपाउँदै नेपालमा लकडाउन भएको थियो । लामो समयपछि पर्यटकीय क्षेत्रहरूमा चहलपहल बढेपछि पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरूले राहत महसुस गर्न थालेका छन् ।

 प्रदेश नम्बर १ का पर्यटकीय गन्तव्य
सर्वाेच्च शिखर सगरमाथा, मकालु, कञ्चनजंघा, सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु–वरुण राष्ट्रिय निकुञ्ज, कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र, ताप्लेजुङको पाथीभरा देवी मन्दिर, सुनसरीको वराह क्षेत्र, खोटाङको हलेसी महादेव मन्दिर, विजयपुरगढी, तेह्रथुमको ह्यातुङ झरना, रामसार सूचीमा सूचीकृत इलामको माइपोखरी, संखुवासभाको सभापोखरी र गुफापोखरी, साल्पापोखरी, तिम्बुङ पोखरी (ताप्लेजुङ), गुरु फाल्गुनन्द सर्किट (पाँचथर), तीनजुरे–मिल्के–जलजले (तेह्रथुम), बालेश्वर ऐतिहासिक गुफा (संखुवासभा), पटकेडाँडा ट्रेल (धनकुटा), ट्याम्केडाँडा (भोजपुर), बराहपोखरी (खोटाङ), पाँचपोखरी (सोलुखुम्बु), थोलेदम्बा डाँडा (ओखलढुंगा), उदयपुरगढी (उदयपुर), सहिद नेत्रलाल पार्क, गौरादह, धनपालगढी पर्यटकीय क्षेत्र (मोरङ), पिण्डेश्वर–दन्तकाली पदमार्ग (सुनसरी) प्रदेश–१ का मुख्य पर्यटकीय क्षेत्रहरू हुन् । 

ad
ad