१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
एजेन्सी
२o८१ जेठ २ बुधबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

जो बाइडेन भन्छन्– हामी ह्वाइटहाउससम्मको यो दौड जित्दै छौँ

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:o२:oo

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले आफूहरू जितको नजिक पुगेको अर्थात् ह्वाइटहाउससम्मको दौडमा विजयी हुनै लागेको बताएका छन् । 

अमेरिकी राष्ट्रपति बन्नका लागि दुई सय ७० इलेक्टोरल कलेज मत प्राप्त गर्नुपर्छ । कुल पाँच सय ३८ इलेक्टोरल कलेज मतमा हालसम्म बाइडेनको अग्रता छ । उनी दुई सय ७० इलेक्टोरल कलेज मतको निकै नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । ‘जितको निकै नजिक पुगे पनि अन्तिम घोेषणा गर्ने वेला भएको छैन,’ बाइडेनले भने, ‘तर तथ्यांकहरूले के प्रस्ट्याउन थालेका छन् भने यो दौड हामी पक्का जित्छौँ ।’ उनले मतगणना जारी रहेको पाँच राज्यमध्ये चार राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवार एवं राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अघि रहेको दाबी पनि गरे । शुक्रबार राति सञ्चारमाध्यमहरूसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘पछिल्लो २४ घन्टाको परिणामले पनि केही अनुमान गर्न सकिन्छ ।’ 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बाइडेनले दुई सय ६४ इलेक्टोरल कलेज मत पाइसकेको बताउँदै आएका छन् भने प्रतिस्पर्धी ट्रम्पले दुई सय १३ मत मात्रै पाएको जनाएका छन् । 

विजयी हुनै लागेको दाबी नगर्न ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले गर्दै आएको दाबीलाई गलत बताएका छन् । शुक्रबार ट्रम्मले  ट्विटमा भनेका छन्, ‘जो बाइडेनले राष्ट्रपति पदमाथि गलत दाबी गरिरहेका छन् । यो त म पनि दाबी गर्न सक्छु । तर, कानुनी कारबाही भर्खरै सुरु भएको छ ।’ पछिल्लो समय मतगणना जारी रहँदा राष्ट्रपति ट्रम्प सार्वजनिक रूपमा नदेखिए पनि ट्विटरमार्फत् आफ्ना भनाइ सार्वजनिक गरिरहेका छन् ।
 

ad
ad