१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

केसीको ठाउँमा कांग्रेस नेता पाण्डे सांसद बन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:oo:oo

कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन भएपछि उनको ठाउँमा मोहनप्रसाद पाण्डे सांसद बन्ने भएका छन् । केसी प्रतिनिधि सभाको समानुपातिकतर्फ खस आर्य क्लस्टरबाट सांसद बनेका थिए । उनको ठाउँमा समानुपातिकतर्फबाट पाण्डे आउने भएका हुन् । 

निर्वाचनका वेला कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूचीको आधारमा उनी आउने भएका हुन् । पाण्डे आउने सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेल भन्छन्,  ‘यो विषयमा हाम्रो केन्द्रीय समितिले निर्णय गर्ने हो । निर्वाचन आयोगले हामीलाई चिठी पठाउनुपर्छ । निर्वाचन आयोगको चिठी प्राप्त भएपछि केन्द्रीय समितिले निर्णय गर्छ ।’

पाण्डेलाई ल्याउने सन्दर्भमा संसद्ले निर्वाचन आयोगलाई केसीको मृत्युबारे जानकारी दिनेछ । र, आयोगले पार्टीलाई सांसद सिफारिस गर्न चिठी लेख्नेछ ।

पाण्डे २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा– ३ बाट निर्वाचित भएका थिए । 

गत सोमबार पोखरामा सांसद केसीको निधन भएको थियो । उद्योगीसमेत रहेका केसी मधुमेह र उच्चरक्तचापको समस्याले लामो समयदेखि थलिएका थिए ।

ad
ad