१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस/एपी
२o८१ बैशाख ३१ सोमबार १५:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

अमेरिकी चुनाव : अघिल्लोपटक ट्रम्पले जितेको मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी 

Read Time : < 1 मिनेट
रासस/एपी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:१८:oo

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्याशी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । यी दुवै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएको थिए । 

मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै ट्रम्पलाई पुनः राष्ट्रपति हुन कठिन बनिरहेको छ । अमेरिकामा गत मंगलबार राष्ट्रपतिको चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपति चयन हुनका आवश्यक २७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुवै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् । पछिल्लो मत परिणामअनुसार बाइडेनले दुई सय ६४ इलेक्टोरल मत प्राप्त गरेका छन् र उनी विजयको नजिक पुगेका छन् । 

बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन् । अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो । पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताए । उनले भने, ‘म अमेरिकी राष्ट्रपति हुँदै छु । मैले विजय प्राप्त गरेपछि रातो वा निलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन । मेरो ध्यान केवल संयुक्त राज्य अमेरिका हुनेछ ।’ 

राष्ट्रपति ट्रम्पले पनि आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गरेका छन् । जसलाई स्वयं रिपब्लिकन पार्टीका नेताहरूले हतारको घोषणा भन्दै आलोचना गरेका थिए । विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ । 
 

ad
ad